संस्कृति ,पर्यटन तथा उड्ययन मन्त्रि स्व रबिन्द्र अधिकारीको काजकिरिया ७ दिनमा आज सकिन्दै ।

अन्य

फागुन २१ पोखरा ;-ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार ७ औं दिनमा सकिँदै छ । जन्म र मृत्युका हाम्रा संस्कारलाई समय अनुकूल बनाउनुपर्छ भन्ने अधिकारीको इच्छा अनुसार परिवारले ७ दिनमा नै काजकिरिया सक्न लागेको हो । अधिकारीको शवयात्रामा सहभागी र श्रद्धाञ्जली अर्पण गर्न प्रदर्शनी केन्द्र तथा रामघाटमा आएकाहरुलाई मालेपाटन, जनप्रियटोलमा मंगलबार उपस्थित हुन परिवारले आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकारीको ७ औं दिनको पुण्यतिथिमा बिहान ८ बजे अधिकारी निवासमै श्रद्धाञ्जली सभा गर्ने भएको छ । मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको राजकीय सम्मानमा साथ पोखराको सेतीनदी किनार रामघाटमा फागुन १७ गते अन्त्येष्टि गरिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...