तमु समाज साईप्रसद्वारा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण |

विदेश

तमु समाज साईप्रसद्वारा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण |

मार्च ६ चन्द्र ल्हेगे तमु  कतार :-तमु समाज साईप्रसद्वार संकलित सहयोग रकम हस्तान्तरन गरिएको छ | तिलोत्तमा नगरपालिका १५ भैरहवा कोटीहवामा स्थायी बसोबास गर्दै आउनु भएकि ब्लड क्यान्सर (blood cancer )बाट पिडित दिपा गुरुङर ब्रेन ट्युमर (brain tumor)बाट पिडित उहाँको छोरा दिमान गुरुङलाई सहयोगको अपिल गरिएको सामाजिक संजाल फेसबुक मार्फत देखे लगत्तै बैदेशिक रोजगारको शिलशिलामा प्रबास साईप्रसलाई कर्मभुमि बनाउदै आउनु भएका सम्पुर्ण तमुहरुको सस्था बिगत एक बर्ष पहिला स्थापित भएको तमु (गुरुङ्ग) समाज साईप्रसको पनि ध्यानाकर्षण भै वहाँहरुको पारिवारिक नाजुक आर्थिक अवस्थालाई मध्यनजर गर्दै ,तमु समाज साइप्रसको सक्रियता तथा समाजका अध्यक्ष श्रीमती कृष्ण कुमारी तमुस्योको अपिलमा समाज र समाजमा सदस्यहरुको सहयोगमा रकम संकलन गरिएको थियो |

di1

यसबाट संकलित रकम नेपाली रुपियाँ ४१ हजार ३ सय ३२(४१३३२ ने रु ) नेपालमा रहनु हुने पीडित दिपाको दाजु लिल राज गुरुङ मार्फत पीडितकै घरमा सहयोग रकम दिपा गुरुङ्गको हातमा हस्तान्तरण गरिएको छ |वहाको छोरा दिमान गुरुङ्ग यति बेला चितवनको भरतपुर हस्पिटलमा उपाचार्थरत रहेको पारिवारिक स्रोत बाट जानकारी प्राप्त भएको छ ।

पीडित दिपा गुरुङ्ग ले "आफ्नो यो समस्य अनि पिडालाई आफ्नै पीडा सम्झी यति टाढाबाट पठाउनु भएको आर्थिक सहयोग प्रती सम्पुर्ण साइप्रस मा रहनु भएको दिदी बहिनी दाजु भाइ अनि तमु समाज साइप्रस प्रती हार्दिक कृतज्ञता प्रकट गरेकाछिन ।सहयोग रकम हस्तान्तरण भए पछि साईप्रस बासि मनका धनी सम्पूर्णमा धन्यवाद दिंदै सहयोगको लागि हार्दिक अपिल पनि गरिएको छ |

di2

uu

ब्रेन ट्युमर (brain tumor)बाट पिडित उहाँको छोरा दिमान गुरुङ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...