भोली हुने एतिहासिक कार्यक्रम ”नयाँ बर्ष सांगीतिक साझ २०७५” को लागि नेपाल आईडल टप थ्रीका कलाकार ईजरायल आइपुगे |

विदेश

भोली हुने एतिहासिक कार्यक्रम ”नयाँ बर्ष सांगीतिक साझ २०७५” को लागि नेपाल आईडल टप थ्रीका कलाकार ईजरायल आइपुगे |
अप्रिल १९ ईजरायल :-इजरायलमा रहेका नेपालीहरुका लागि आपतकालीन सहयोगका लागि कोष वृद्धि गर्न उद्देश्यले नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ को लागि नेपाल आइडलका मुख्य कलाकारहरु आज बिहान ईजरायल आईपुगेका छन् |बेनगुरीयान एयरपोर्ट तेलअविवमा नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई र प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाललाई स्वागतको लागि एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पा,संरक्षक बिशाल ज्ञवली,भूपू अध्यक्ष दिपक प्रसाद वली लगायतका पदाधिकारीहरु र अन्य संस्थाका प्रतिनिधिहरु पुगेका थिए | नेपाली नया बर्षको शुभ अवसरमा हुन लागिएको सांगीतिक साझको मुख्य आयोजक गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल तथा आदिबासी जनजाती महासंघ इजरायलको रहेको छ भने सह-आयोजकमा इजरायल स्थित विभिन्न संघ संस्थाहरुरहेका छन |कार्यक्रमको सम्पूर्ण तयारि पुरा भैसकेको, आपसी मेलमिलाप ,सदभावका साथ शुभकामना आदानप्रदान गर्दै कलाकारहरुसंग रमाउने अवसर नगुमाउन र एतिहासिक कार्यक्रममा उपस्थित हुनको लागि आयोजकद्वारा हार्दिक अनुरोध गरिएको छ |

नयाँ बर्ष सांगीतिक साझ २०७५ समय :- ८ बजे साँझ मिति :-२० अप्रिल २०१८ (भोली ) स्थान :-तेल अविभ युनिभर्सिटी हल ( तेल अभिव )

नोट :-तेल अभिव पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागि साँझ ७ बजे निशुल्क बसको व्यवस्था गरिएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...