खोरामुख पहिरो पिडितलाई हङकङमा तीन लाख रकम संकलन।

विदेश

खोरामुख पहिरो पिडितलाई हङकङमा तीन  लाख रकम  संकलन।
भदौ २२ सम्राट गुरुङ / पोखरा :-हङकङ स्थित मर्दिखोलाबासीहरुको मुल संस्था मर्दिखोला सेवा समिति हङकङ र सो संस्थाको महिला विभाग मर्दिखोला अामा समुह, हङकङको नेतृत्वमा माछापुच्छ्रे गाउँ पालिका वडा नं ८, खोरामुखमा गत साउन २ गतेको पहिरोबाट पिडित परिवारलाई रु ३,०३७,१५ (अक्षररुपी तीन लाख तीन हजार सात सय पन्द्र रुपैयाँ, हङकङ डलर १९७१५) अाज संकलन गरी नेपाल पठाईएको छ। सो संकलित रकम मर्दीखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ्ग, सचिब रामजी पौडेल र कार्य समिति सदस्यहरुले अाज मर्दीखोला सेवा समिति हङकङको महिला बिभागका अध्यक्ष राम कुमारी गुरुङ्गज्यु (मोती), सचिब लक्ष्मी गुरुङ्ग, कार्यसमिती सदस्य तिर्थ गुरुङ्ग(नानी) र नानी कमला गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ।साउन २को खोरामुखमा गएको सो पहिरोमा कुमार बिक (१६ वर्ष),समीर बिक (१४ वर्ष) र रोजिना बिक (१६ बर्ष)को ज्यान गएको थियो । रकम अामा समूहलाई हस्तान्तरण भए लगतै नेपाल निवासी मर्दिखोला सेवा समिति हङकङका प्रतिनिधि तुलसी गुरुङ र सृजना गुरुङलाई पठाईएको र सोही रकम केहि दिनै हस्तान्तरण गर्ने नानीकमला गुरुङले बताउनु भयो। मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि अाउने विभिन्न अापत विपत, प्रकृतिक प्रकोपहरुमा सहयोग गर्दै अाईरहेको छ। केहि दिन अगाडि मात्र मर्दि खोला सेवा समिति युकेको पहल र मर्दि खोला समाज युके अामा समूहका सल्लाहकार कमला गुरुङको उपस्थितीमा पनि सोहि पहिरो पिडितलाई रु दुई लाख अार्थिक सहयोग गरेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...