नेपाल परराष्ट्र मन्त्रालयले इन्डोनेसियाको दुखद घडीमा समबेदनाको साटो बधाई संदेश पठाए |

विदेश

नेपाल परराष्ट्र मन्त्रालयले इन्डोनेसियाको दुखद घडीमा  समबेदनाको साटो बधाई संदेश पठाए |
पुस ११ काठमाडौँ :-शनिबार इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीको कारण ४०० भन्दा बढीको मृत्यु भईसकेको छ |यस दुखद घडीमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । दोस्रो हरफमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ ।यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै विज्ञप्तिलाई सच्चाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...