कर्मभुमि इजरायलबाट बबी गुरुङले सार्बजनिक गरिन भ्यालेण्टाइन डेको उपहार आफ्नो मान्छेलाई ‘तिमीलाई नसम्झिने त’| |

विदेश    सिनेमा/मनोरन्जन

कर्मभुमि इजरायलबाट बबी गुरुङले सार्बजनिक गरिन भ्यालेण्टाइन डेको उपहार आफ्नो मान्छेलाई ‘तिमीलाई नसम्झिने त’| |

फेब्रअरी ३ काठमाडौँ :- स्याङ्जा जिल्ला स्थायी घर भई केहि बर्ष अघिदेखि रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत ववि गुरुङ ''निश्चल'' को चौथो म्यूजिक भिडियो ''तिमीलाई नसम्झनु'' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।म्यूजिक नेपालले बजारमा ल्याएको बरिष्ठ गायककार राजेशपायल राईको समुधुर स्वरमा सजिएको नेपाली भ्यालेन्टाई विशेष उक्त म्यूजिक भिडियोमा राजकुमार वगरको संगित, राधाकृष्ण आचार्यको निर्देशन रहेको छ भने छायाँकारमा रेशम दर्लामी रहेका छन् ।

फेव्रुअरी १४ भ्यालेन्टाइन डेको पुर्व सन्ध्यामा भ्यालेन्टाइन डेलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा सनम कथायत, खुशी र बुद्दि श्रेष्ठले अभिनय गरेका छन् ।नेपाली साहित्यिक प्रति बिशेस चासो र रुचि राख्दै लेखनमा राम्रो पहुँच बनाउदै आइरहेकी गीतकार तथा साहित्यकार ववि गुरुङको गायककार प्रमोद खरेलको स्वर रहेको तिम्रो माया मुटु भरी बोलको म्यूजिक भिडियोबाट गुरुङले वेस्ट लिरिक्समा सातौं विन्दवासिनी म्यूजिक अवार्ड समेत हात पार्न सफल भएको थियो  ।

हेर्नुहोस् सार्वजनिक म्यूजिक भिडियो


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 1.50)
Loading...