कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ

स्वास्थ्य

कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ
१६ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । उनले भने, ‘सबै देशहरुले ट्रायल पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम होइन ।’ डब्ल्यूएचओका अनुसार हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् । यसका साथै डब्ल्यूएचओले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको छ । डब्ल्यूएचओले भनेको छ– जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...