प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसे ।

अन्य

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसे ।
अक्टुबर १७ काठमाडौँ :- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए ।

deuba1

तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा रोकिएको छ । माओवादी मन्त्रीहरुले राजीनामा नदिएपछि प्रधानमन्त्रीले जिम्मेवारी खोसेका छन् । गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...