पर्वतको कुस्माबजार एक हप्ताका लागि सिल गर्ने तयारी, मजदुर र नेतामा संक्रमण देखियो

देश    स्वास्थ्य

पर्वतको कुस्माबजार एक हप्ताका लागि सिल गर्ने तयारी, मजदुर र नेतामा संक्रमण देखियो
२६ भदौ, पर्वत । पर्वतको कुस्मामा एक जना जिल्ला नेता र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम कुस्माबजार एक हप्ताका लागि सिल गरिने भएको छ । क्वारेन्टाइन बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार राती देखि एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । डिसिसिएमसी पर्वतको बैठकले समुदायमा संक्रमण फैलन नदिन एक हप्ताका लागि कुस्माबजार क्षेत्र पर्ने कुस्मा नगरपालिका वडा नं ४,५, ६ र ७ गरि चार वटा वडा सिल गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय केहीबेरमा बिज्ञप्ती जारी गर्ने बैठकका एक सहभागीले जानकारी दिए । समुदायमा संक्रमणको अबस्था जाँचका लागि गरिएको नमुना संकलनका क्रममा नेपाली कांग्रेसका एक जना जिल्ला नेता र सडक स्तरोउन्नतीको काम गर्न आएका मज्दुरमा संक्रमण पुष्टि भएको हो । संक्रमित दुबैलाई कुस्माको अस्थायी कोरोना अस्पताल स्थित आइसोलेसनमा मा लैजाने तयारी भएको डिसिसीएमसी पर्वतले जनाएको छ । उहाँहरु सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइशोलेशनमा उपचार भैरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...