नव निर्बाचित तमु (गुरुङ )संचारकर्मी संघका पत्रकारहरुलाई बधाई तथा सम्मान ।

अन्य

नव निर्बाचित तमु (गुरुङ )संचारकर्मी संघका पत्रकारहरुलाई बधाई तथा सम्मान ।
मार्च ५ मनु कोंमे तमु फिस्टेल न्यूज :-तमु मिलन फाउन्डेशन नेपाल, मिलन ट्रष्ट २०७४, मिलन डी।जी। इन्टरनेसनल प्रा।लि। , मिलन वर्ल्ड डट न्युज र आयुक अर्गानिक कृषि फर्मको संयुक्त आयोजनामा तमु (गुरुङ ) सञ्चारकर्मी संघ नेपालको चौथो महाधिवेशन बाट भर्खरै निर्वाचित तमु पत्रकारहरुलाई स्वागत, बधाई तथा सम्मान गरेको छ । लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं ६ पसगाउँमा सम्पन्न भएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौंथो राष्ट्रिय महाधिवेशनबाट निवार्चित महासचिव रोशनी गुरुङ तथा सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ, नविन गुरुङ र किरण गुरुङ एवम् गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका प्रेस संयोजक रुद्र श्रीषमगर लाई मायाको चिनो, खादा फेटा र पछयौरी ओढाएर मिलन ट्रष्ट २०७४ की संरक्षक सावित्री गुरुङले सम्मान गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा मिलन ट्रष्ट २०७४ कि संरक्षक सावित्री गुरुङ, मिलन डी।जी। इन्टरनेसनल एवं मिलन वर्ल्ड डट न्युजका अध्यक्ष दुर्गा गुरुङ “मिलन”, र मिलन फाउन्डेशन नेपालकी अध्यक्ष गंगा कुमारी गुरुङले सबै पत्रकारहरुलाई आउने दिनमा अझै प्रगति गर्दै अगाडी बढन आशीर्वाद तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा दुर्गा गुरुङ मिलन संरक्षक रहनु भएकाे दिदिबहिनीहरुकाे सामाजिक संस्था तमुस्यो रि-च्हमीका अध्यक्ष गौरी गुरुङले नवनिर्वाचित तमु (गुरुङ) पत्रकारहरुलाई खादा लगाई स्वागत, सम्मान र बधाई दिनु भएको थियो । यसैबीच सोहि कार्यक्रममा मिलन फाउन्डेशनकै मातहतमा सञ्चालित आयुक आर्गनिक कृषि फर्मको समेत शुभारम्भ गरेको थियो । पर्वतको मोदी गाउँपालिका वडा नं। ५ बाजुङ ,खोला खेतमा निर्माणाधिन अवस्थामा रहेको र सो फर्मबाट आगामी दिनमा माछा, फलफूल, ताजा तरकारी लगायत कृषि सम्बन्धी सबै सामग्री उत्पादन गरिने जानकारी दिनुभयो साथै अाएका सबै मुनाफाहरु मिलन फाउन्डेसन नेपाल द्धारा सामाजिक कामका लागि सहयोग गरिने मिलन फाउन्डेशन नेपालका प्रवक्त रुद्र श्रीष मगरले जानकारी दिनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (3 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...