एसईईमा कम नम्बर दिएको भन्दै हेडसरमाथि कुटपिट

अपराध    देश

एसईईमा कम नम्बर दिएको भन्दै हेडसरमाथि कुटपिट
१५ भदौ, सिन्धुली । केही हप्ता अघि सार्वजनिक भएको एसईई परिक्षा फलमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएका कारण आफ्नो परिक्षा फल नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् । सोही विद्यालयका शिक्षक झलक दाहालका अनुसार शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेका हुन् । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।’ एसईईमा परिक्षाफल सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुले बताएका छन् । उहाँका अनुसार दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेको शिक्षक दाहालले बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...