काठमाडौँको शेयर मार्केट भवनमा आगलागी |

अन्य

काठमाडौँको  शेयर मार्केट भवनमा आगलागी |

फेब्रवरी २६ काठमाडौँ :-काठमाडौँ पुतलीसडक स्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान आगलागी भएको हो । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ,आगो नियन्त्रणमा आउन सकेको छैन ।

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...