काठमाडौँमा उत्तरी क्षेत्रका गोर्खालीहरुको सक्रियतामा ”प्रथम उत्तरी गोर्खा सास्कृतिक कार्यक्रम ”आयोजना हुने |

अन्य

काठमाडौँमा उत्तरी क्षेत्रका गोर्खालीहरुको सक्रियतामा ”प्रथम उत्तरी गोर्खा सास्कृतिक कार्यक्रम ”आयोजना हुने |

मार्च १५ काठमाडौँ :- उत्तरी गोरखाबाट काठमाडौँमा आई बसोबास गर्नु हुने गायन, नृत्य, मोडलिङ तथा अभिनय विधामा कृयाशिल कलाकारहरूको सकृयतामा ''प्रथम उत्तरी गोरखा सांस्कृतिक कार्यक्रम'' आयोजना गर्ने भएको छ । आगामि चैत ३ गते रानीदेवी पार्टी प्यालेस सामाखुशी हुन लागेको कार्यक्रमको संयोजन उत्तरी गोरखा सांस्कृतिक तथा कलाकार समाजले गर्ने भएको छ ।

प्रथम पटक चुमनुब्री क्षेत्रका कलाकारहरूलाई समेटिएर गरिन लागेको हुनाले यो कार्यक्रम आफैमा ऐतिहासिक हुनेछ । राज्यले अन्य क्षेत्रमा जस्तै कला, कलाकार र संस्कृतिले सम्पन्न भौगोलिक विकटता रहेको उत्तरी क्षेत्रलाई उपेक्षा गरेकोले सांस्कृतिक जागरण मार्फत यस क्षेत्रका सबै जाति , भाषा समुदायका सबैलाई एकताबद्व गर्ने उद्देश्यले यो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ । गोरखाका चर्चित कलाकारहरू आसु लामा, आर के गुरूङ, सुनिला गुरूङ, चिजा तामाङ, वीरबल घले, आईतराम गुरूङ, बुध गुरूङका साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू राजु परियार, हिमाल घले , विरू लामा, गीता पाईजामगर आदिको दमदार प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...