नेपाली कांग्रेसले नेपाल हिन्दु राष्ट्रको पक्षमा लड्ने ,शशांक कोइराला |

अन्य

नेपाली कांग्रेसले नेपाल हिन्दु राष्ट्रको पक्षमा लड्ने ,शशांक कोइराला |
डिसेम्बर १० चितवन :-नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । “मेरो व्यक्ति चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।” उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए । नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्म स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञमा मंसिर २९ गतेसम्म चल्नेछ । महायज्ञबाट करिव २० करोड रुपैयाँ संकलन लक्ष्य राखिएको छ । गणेशधाम निर्माणका लागि करिव ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । गणेशधाम निर्माणका लागि प्रदेश ३ को सरकारले ९० लाख विनियोजन गरेको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...