निर्मला पन्तका बुवा काठमाडौँ जान मानेन थप उपचार सेती अञ्चल अस्पतालमा हुने |

अन्य

मंसिर ८ कैलाली:-  मानसिक रुपमा विक्षिप्त भएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएका निर्मलाका बुवा यज्ञराज पन्तले जहाज चढ्न नमानेपछि उनलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ । अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामासमेत चोट लागेको बताइएको छ । यज्ञराजको अहिले सेती अञ्चल अस्पतालका स्वाथ्यकर्मीहरुको टोलीले उपचार गरिरहेको छ । छोरीको हत्यारा सार्बजनिक गर्नुपर्ने भन्दै धर्ना बसेका यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनलाई उपचारका लागि शनिवार साँझ काठमाडौं ल्याइदै थियो । धनगढी बिमानस्थलबाट साँझको उडानमार्फत उपचारका लागि काठमाडौं ल्याउन लाग्दा उनले विमान चढ्न नमानेको र अवस्था झन् बिग्रदै गएकाले अञ्चल अस्पतालमा राखिएको कैलालीकि अधिकारकर्मी भुमी फुलाराले जानकारी दिइन् । वुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बर्बराउने, गाली गलौच गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेका छन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...