सर्वोच्च अदालतको अन्तरिम आदेशको बिरुद्द मधेसका जिल्लाहरुमा प्रदर्शन ।

अन्य

सर्वोच्च अदालतको अन्तरिम आदेशको बिरुद्द मधेसका जिल्लाहरुमा प्रदर्शन ।
अप्रिल ९ बिरगंज :- सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । मधेसवादी दल समर्थक युवाहरुले भने विराटनगर र वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्चको निर्णयविरुद्ध नाराबाजी गरेका छन् । विराटनगरको महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् । हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ । त्यसैगरी वीरगञ्जमा पनि सरकारमै सहभागी संघीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीतामा वीरगञ्जमा प्रदर्शन गरेका छन् ।नेपालको वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर यादवको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शनमा सहभागीले सर्वोच्च अदालतको निर्णय मधेशविरोधी भएको बताएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...