बाग्लुङ्गमा जीप दुर्घटना हुँदा ४ जना मृत्यु |

अन्य

बाग्लुङ्गमा जीप दुर्घटना हुँदा ४ जना मृत्यु |
फागुन ८ पोखरा :-बाग्लुङ्गको जैमिनी नपा–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छ । घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ । जिपमा करीब ३० यात्रु रहेको प्रहरीचौकी बेलवगरका प्रहरी जवान शङ्कर थापा क्षेत्रीले जानकारी दिए । जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताइन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...