बिरामीको मृत्यु पछी चितवनको मनकामना अस्पतालमा तोडफोड |

अन्य

बिरामीको मृत्यु पछी चितवनको मनकामना अस्पतालमा तोडफोड |
माघ २५ चितवन :-चितवनको एक अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको मनकामना अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारमा अस्पतालको लापरबाही गरेका कारण भुसालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तोडफोडबाट करिब एक लाख बराबरको क्षति भएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...