नेपाल टेलिकमको १६ लाखको रिचार्ज कार्ड चोरी गर्ने युवक पक्राउ |

अन्य

नेपाल टेलिकमको १६ लाखको रिचार्ज कार्ड चोरी गर्ने युवक पक्राउ |
कार्तिक १५ दाङ:– जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ ।प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग ५० का रिचार्ड कार्ड १५ हजार २००, १०० का २१ हजार ५०० का ७२० गरी जम्मा ३६ हजार ९२० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । उक्त रिचार्ड कार्डको मूल्य १६ लाख १० हजार रहेको उहाँले बताउनुभयो । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका–२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका–७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...