नेपथ्यले नारायणी किनारामा माघे सक्रान्ति मनाउने |

अन्य

नेपथ्यले नारायणी किनारामा माघे सक्रान्ति मनाउने |

जनवरी १५ चितवन :-माघे संक्रान्तिको अवसरमा आज नारायणी नदी किनारमा गर्न ‘नेपथ्य लाइभ’ हुँदैछ । कन्सर्टको सबै तयारी पूरा भई सकेको छ ।कन्सर्टस्थलमा नारायणी किनारमा आईतबार दिनभर लगाएर बार लगाइएको छ । कन्सर्टका लागि ५ सय र १ हजार रुपैयाँका टिकट लिने दर्शकका लागि छुट्टाछुट्टै स्थल बनाइएका छन् । करिब १० हजार दर्शक अट्ने गरी कन्सर्टस्थलको व्यवस्थापन गरिएको आयोजक जानकारी दिनुभयो ।

कन्सर्टका लागि नेपथ्य टोलीले आइतबार साँझ साउण्ड सिस्टम तथा लाइट परीक्षण गरेको छ । ब्याण्डका मुख्य गायक अमृत गुरुङसमेतले आइतबार स्टेज चढेर साउण्ड सिस्टम परीक्षण गरेका छन् ।फरक र मौलिक स्वाद लिएर सांगीतिक क्षेत्रमा चर्चित रहेको ‘नेपथ्य’ ब्याण्डले माघ १ गते आज साँझ ६ बजेबाट करिब ३ घण्टा गीत गाउनेछ ।नेपथ्यले २५ औं वर्षगाँठ मनाइरहेको छ । यही अवसरमा मुलुकका विभिन्न सहरमा गर्न लागेको कार्यक्रमअन्तर्गत चितवनमा पनि यो कार्यक्रम गर्न लागिएको हो । स्थलमा मदिरा तथा सूर्तिजन्य पदार्थको प्रयोगमा निषेध गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...