प्रदेशको राजधानी बुटवल बनाउनु पर्ने माग राख्दै नेपाली कांग्रेसले चक्काजाम गरे |

अन्य

प्रदेशको राजधानी बुटवल बनाउनु पर्ने माग राख्दै नेपाली कांग्रेसले चक्काजाम गरे |

डिसेम्बर ०४ बुटवल :-प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनु पर्ने माग गर्दै बिहीबार बिहान नेपाली कांग्रेसले रुपन्देहीमा चक्काजाम गरेको छ ।बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको हो । चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।

चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...