कैलालीबाट बिजयी प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई प्रमाण पत्र दिन आग्रह गर्दै प्रेस बिज्ञप्ती|

अन्य

डिसेम्बर १३ काठमाडौँ :-टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले विपक्षीलाई करिब २१ हजार मतान्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका छन् ।कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गर्दै, विजयको भएको छ | २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै निर्बासित जीवन बिताई रहेकका छन् |। उक्त घटनामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ, उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ, भने निर्बाचन आयोगले प्रमाण पत्र नदिई काठमाडौँ पठाएको छ |

25289237_2079321742298684_4638447282218589579_n

यस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रको प्रेस बिज्ञप्तिमा एक्यबद्दता जनाउदै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले प्रेस विज्ञप्ती जारि गरेको छ |संघका महासचिव नानीमाया योञ्जन तामांगद्वारा हस्ताक्क्षर गरिएको प्रेस विज्ञप्ती मार्फत कैलालीका जनताहरुको मतलाई आदरगरि कैलाली -१ बाट बहुमतले बिजय हुनु भएका रेशम चौधरीलाई प्रमाण पत्र दिलाई चौधरी माथि लागेका सम्पूर्ण आरोपहरु खारेज गरि सम्मान जनकरुपले संसद भवन छिर्ने बातावर मिलाउनको लागि जोडदार माग गरिएको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...