केशु गुरुङको आत्मा हत्या कि हत्या ?

अपराध

केशु गुरुङको आत्मा हत्या कि हत्या ?

नोवेम्बर १३ पोखरा :- पोखरा लेखनाथ वडा नम्बर १३ मा २ बर्षको नवबालकले आमा सधैका लागि गुमाए ।२१ बर्षीय केशु गुरुङ घरमा स-परीवारसंगै खान खाएर सुतेको र बिहान आत्मा हत्या गरेको खबरले बाबाआमा लगायत सम्पूर्ण परिवार स्तब्ध भए । बेलुका आमालाई फोनगरी लिन आउनु भनेको बिहान लिन आउने कुरा भनी आमाले भने पछी हुन्छ भनी फोन राखेको र बिहान ७ बजे आमाले फोन गर्दा फोन नउठे पछी मृतकको सासु लाई फोन गर्दा अहीले उठेको छैन भनी राम्रैसंग बोलेको र करीब आधा घण्टा पछि मृतकको सासुले आत्महत्या गरेछ भनी फोन गरेको र दाज्युआमा घरबाट लगभग ३,४ कि मी स्कुटरमा तुरुन्त जाँदा प्रहरी आईसकेको र लाश शंकास्पध रुपमा बेडमा राखेको थियो ।

pp

वडा प्रहरी कार्यालय रामबजारबाट आएको प्रहरी टोलीले मुचुल्का पनि नगरी जबरजस्ती मृतकको दाज्युलाई हस्ताक्क्षर गर्न लगाएका थिए ।खबर पाएको १० मिनेटमा आमा र दाज्यु पुग्दा, प्रहरीले पनि झुन्डीएको अवास्थमा नभेटेको तर झुन्डीएर नै आत्म हत्या गरेको भने पछी माईती पक्षले अन्याय भएको र न्यायको लागि पुन छानमिनको माग गरेको छ।पार्चे खिलांग कास्की घर भै चिप्लीका किरण गुरुङसंग प्रेम बिबाह गरेकी केशु गुरुङको श्रीमानसंग राम्रो सम्बन्ध नरहेको मृतकका दाज्युले जनाएको छ ।मृतककी श्रीमान किरण गुरुङ प्राय जसो घरमा नआउने,घर आउनु भन्दा तिमि त्यो घरमा भएसम्म न आउने जवाफ दिने गरेको माइतीपक्षले जनाएको छ ।

आमा पुग्नु पहिला नै प्रहरी पुगेको र झुन्डीएको कुनै तस्बीर नभएको ,झुण्डीएर आत्मा हत्या गरेको भनिएको केशुको लाश कोरियन ब्ल्यान्केटले ढाकेर बिस्तारामा(बेड) सुताएको अवस्थामा रहेकोले ,कोठाको पंखामा झुन्डीएको भनिएको तर बेडमा सबै भिजेको अवस्थामा रहेको थियो ।गण्डकी क्षेत्रिय अस्पतालमा पोस्ट मार्टन रिपोर्ट पनि प्रहरी र घरको मिलेमतोमा आत्माहत्या भएको पुष्टि गरेको छ ।केशु गुरुङको मृत्यु आत्माहत्या नभै सुनियोजित हत्या भएको भन्ने बारे कास्कीका मानवअधिकारबादी , महिला हिँसा हेर्ने महिला संघ /सस्थाको ध्यान नगएकोमा माइतीपक्षको गुनासो सहित पुन छानमिनको माग गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (14 भोटहरु, 5 मध्य औसत: 3.93)
Loading...