तमु समाज युएईले पनि तमु च्यु ल्होसार भव्यरुपमा मनायो ।

विदेश

तमु समाज युएईले पनि  तमु च्यु ल्होसार  भव्यरुपमा मनायो ।
जनवरी १३ मनु कोंमे तमु युएई :-तमु (गुरुङ) समुदायको मौलिक चाड तमु च्यु ल्होसार (मुसा वर्ग ) सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यस बर्ष पनि भव्यता साथ तमु समाज युएईले मलायली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान रहेको थियो भने बिशेष अतिथीमा तमु समाज युएईका संरक्षक राजु गुरुङ,नेफिन युएईका महासचिव कुमार बलामी,नेपाली समाज युएईका प्रतिनिधि पार्षद अध्यक्ष राम मोक्तान ,तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम तमु ,तमु प्ये ल्हु संघ युएईका वरिष्ठ सल्लाहकार मुक्ति टु क्लेप्री तमु,तमु मै तां का संचालक तथा ह्वाइट लोटस प्रा.लि.का संचालक युग तमु,ग्रीन लाइन ट्राभल एण्ड टुरिजमका प्रोपाइटर एवं एनआरएनए आइ सिसि सदस्य ठाकुर प्रसाद ढुंगाना,लाइफ लाइन हस्पिटल एण्ड केयरका रन्जिना तमुस्यो रहेको थियोे।यसैगरी अतिथिमा तामाङ समाज युएईका कार्यवाहक अध्यक्ष जितेन्द्र तामाङ,मगर संघ युएईका प्रतिनिधि तथा नेपाल आदिबासी जनजाति कलाकार संघ युएईका अध्यक्ष भुवन थापा मगर ,किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ,नेवा पुच: युएईका प्रतिनिधि नेवा पुच: अबुधाबी क्षेत्रका उपाध्यक्ष मनोज कुमार सैंजु,शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा,नेफिन युएईका महिला बिभाग प्रमुख आङ माया शेर्पा,लि:ल फङ घले समाज युएईका अध्यक्ष राजु घले ,खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङ , गुल्मी समाज युएईका संरक्षक एवं समाजसेवी कृष्ण गौतम,नेफिन युएईका संरक्षक समिति सदस्य सुरेन्द्र थिङ तामाङ,तमु प्ये ल्हे ल्हु संघका प्रमुख सल्लाहकार सन्तोष तमु,तमु प्ये ल्हु संघका सल्लाहकार मीन कुमारी तमुस्यो,नेफिन युएईका सह-कोषाध्यक्ष ज्ञान बहादुर तामाङ,नेपाली समाज युएईका कोषाध्यक्ष दीपक राउत,समाजसेवी सुरज श्रेष्ठ ,गायक एवं समाजसेवी प्रकाश पौडेल,नेपाल बाट पाल्नु भएका जुम बहादुर तमु,मैता कुमारी तमुस्यो ,पबित्र तमुस्यो ,लामा गुरु खुशिमान तमु,तारा बहादुर पंगी लामा र बिजय टु क्लेप्री रहेको थियो भने प्रायोजक अतिथिमा नेपाली चुलो रेष्टुरेन्ट आबुधाबीका प्रोपाइटर भिम नारायण श्रेष्ठ,सागर ज्वेल्लरी अबुधाबीका नारायण के.सी.र रुबिना के.सि.,भान्सा घर रेष्टुरेन्ट अबुधाबीका रमेश उप्रेती ,लजिज टी कफि अबुधाबीका देउमान गुरुङ , कान्तिपुर ट्राभल एण्ड टुरिजमका अबुधाबीका सन्दीप खड्का र प्राइम कार्गो अबुधाबीका अस्मिता पौडेल रहेको थियो। कार्यक्रमको उद्यघाटन स्टेजमा कार्यक्रमका सभापति,प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरुले संयुक्तरुपमा पनासमा दीप प्रज्वलन गरि कार्यक्रम समुघाटन भएको थियो।कार्यक्रमको समुघाटन संगै राष्ट्रिय गानको समाप्त पश्चात् गुरुङ राष्ट्रिय गीत बजेको थियो। तमु च्यु -ल्होसार कार्यक्रमका संयोजक तमु समाज युएईका केन्द्रिय उपाध्यक्ष एवं उद्धार बिभाग प्रमुख नन्द जंग तमुले स्वागत मन्तव्य दिएका थिए। औपचारिक कार्यक्रम तमु समाज युएईका महासचिव पबित्रा तमुस्यो र सांगी डोल्मा तमुस्योले संचालन गरेको थियो भने सांस्कृतिक कार्यक्रम तमु समाज युएईका सल्लाहकार शिव जंग तमु र सक्रिय सदस्य सांगी डोल्मा तमुस्योले संचालन गरेका थियो। फो-ल्हो (मृग वर्ग) लाई बिदाइ च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान दिने गरि बिशेष सांस्कृतिक झांकी कार्यक्रम प्रस्तुत गरिएको थियो।बिशेष सांस्कृतिक झांकीमा सहभागिता जनाउनको लागि कार्यक्रममा उपस्थित तमु (गुरुङ ) पोशक लगाएका सम्पुर्ण लाई आव्हान गरिएको थियो भने झांकीमा तमु (गुरुङ) समुदाय सम्बन्धि विभिन्न हामी तमु एक हौ र तमु च्यु ल्होसारको प्ले कार्ड र नेपाल भ्रमण बर्ष २०२० सबै मिलि सफल पारौं भन्ने प्ले कार्ड बोकेर परिक्रमा गरि अन्तिममा स्टेजमा च्याडु प्रस्तुत गरेको थियो।कार्यक्रममा पच्यु गुरु खुशिमान तमु, गुरु तारा बहादुर पंगी लामा तमु र बिजय टु क्लेप्री तमु द्वारा पुजाआज कार्यक्रम गर्नुको साथै च्यु-ल्हो (मुसा वर्ग) आउने सम्पुर्ण लाई रुपा (रिपा) लगाइ स्याइ स्याइ गर्नुको साथ साथमा १०८ बत्ती बाल्ने व्यवस्था गरेको थियो। प्रत्येक बर्ष तमु समाज युएईले एक जना समाजको सक्रिय सदस्य लाई सम्मान गर्दै आएकोमा सोही अनुरुप यस बर्ष पनि निरान्तर दिंदै तमु समाज युएईका केन्द्रिय उपाध्यक्ष नन्द जंग तमु लाई सम्मान गरेको छ।उक्त च्यु -ल्होसार कार्यक्रममा अतिथि कलाकार गुरुङ चलचित्रका नायक,निर्देशक,प्रथम गण्डकी तारा,गीतकार,संगीतकार तथा सुमधुर स्वरका धनी बहुचर्चित गायक मनोज गुरुङ,बुगि उगिका बिजेता,मोडेल तथा नृत्यकार कविता नेपाली ,तमु मैं तां संचालक युग तमु र स्थानीय कलाकारहरु लाई सम्मान गरेको थियो। कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि महेश मोक्तानले शुभकामना मन्तव्य दिएको थियो। औपचारिक कार्यक्रम समाप्त भए लगत्तै सांस्कृतिक कार्यक्रम संचालन भएको थियो।सांस्कृतिक कार्यक्रम तमु समाज युएईका सल्लाहकार शिव जंग तमु र तमु समाज युएईका सक्रिय सदस्य सांगी डोल्मा तमुस्योले संचालन गरेका थियो भने सांस्कृतिक कार्यक्रमको शुरूवातमा ल्होसार स्वागत गीतमा तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु र महासचिव पबित्र तमुस्योको स्वरमा साथ दिंदै सम्पुर्ण तमु (गुरुङ )कलाकार तथा गैर तमु कलाकारहरुको संयुक्त प्रस्तुति रहेको थियो।
कार्यक्रममा तमु समुदायको प्रचालित नृत्य घाटु तमु समाज युएईका केन्द्रिय सदस्य पुर्णिमा तमुस्यो र सक्रिय सदस्य रिना तमुस्योले प्रस्तुति दिएको थियो। कार्यक्रममा अतिथी कलाकार गायक मनोज गुरुङको सांगीतिक प्रस्तुतिको साथ अतिथी कलाकार बुगि उगिका बिजेता,मोडेल तथा नृत्यकार कविता नेपालीको बेजोड प्रस्तुतिको साथै प्रवास युएईमा रहेका चर्चित स्थानीय कलाकार गायक अमृत गुरुङ गायक बिजय गुरुङ र दिनेश गुरुङको सांगीतिक धमाका सहित नृत्यकार किरण तमु, आश तमु, पुर्णिमा तमुस्यो,दीपक तमु, सुजन तमु , भुवन थापामगर,रिना तमुस्यो ,ओमि तमु,स्वेता लामा,शालु तमुस्यो,दिनेश श्रेष्ठ, होम रजाली , नरजित थापा , लक्ष्मण थापा,कला थापा , कल्पना थापा,इनु थापा , सोनु रानामगर,कुशल बुचा , दुर्गा थपलिया,बबिन बिसी , अनिता लामा र नेहा कुसुमको बेजोड प्रस्तुति रहेको थियो भने नेपाल मगर शाखा युएई र फ्युजन डान्स क्रु को बिशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजकमा ग्रीन लाइन ट्राभल एण्ड टुरिजम आबुधाबी,सह-प्रायोजकमा लाइफ लाइन हस्पिटल एण्ड केयर अबुधाबी ,नेपाली चुलो रेष्टुरेन्ट,हिमालयन रेष्टुरेन्ट मुसाफाह,सागर ज्वेल्लरी अबुधाबी,भान्सा घर रेस्टुरेन्ट अबुधाबी ,कान्तिपुर ट्राभल एण्ड टिरिजम अबुधाबी र प्राइम कार्गो र व्यक्तिगत प्रायोजकमा समाजसेबि मुक्ति टु क्लेप्री तमु, मीन कुमारी तमुस्यो,अर्जुन बहादुर गौली,गायक तथा समाजसेवी प्रकाश पौडेल, सुजन श्रेष्ठ रहेको थियो भने मिडिया पार्टनरमा गोर्खाली रेडियो १०६ मेगाहर्ज,परदेशी खबर डटकम,फिस्टेल न्युज र कुवेत नेपाल डटकम रहेको थियो। उक्त कार्यक्रम लाई अझ मनोरञ्जन दिनको लागि कार्यक्रमको अन्तिममा भाग्यशाली चिट्ठाको खोलेको थियो । चिट्ठा नम्बर - ४४२ - रबिन दाहाल- प्रथम पुरस्कार गो प्रो क्यामरा ,चिठ्ठा नम्बर - ११५ -सन्तोष गुरुङ- दोस्रो पुरस्कार ३२" रंगिन टिभी ,चिट्ठा नम्बर - ११२ -बिष्णु भण्डारी - तेस्रो पुरस्कार एन्ड्रोइड मोबाइल ,चिठ्ठा नम्बर - ४३०-अनुपम गुरुङ - चौथो पुरस्कार - राइस कुकर ,चिठ्ठा नम्बर - १२६- अशिका गुरुङ - पांचौं पुरस्कार - आइरन हात पार्न सफल भएको थियो । कार्यक्रम समापन तमु समाज युएईका अध्यक्ष एवं कार्यक्रमका सभापति सुश्री उषा तमुस्योले गर्नु भएको थियो भने कार्यक्रम समापन गर्दै सभापति उषा तमुस्यो ले कार्यक्रममा उपस्थित सम्पुर्ण आमन्त्रित प्रमुख अतिथि ,बिशेष अतिथि ,अतिथि,उपस्थित संघ संस्थाका प्रमुख , प्रतिनिधि,बुद्धिजीवी महानुभाव, प्रायोजक,पत्रकार,समाजसेवी ,सम्पूर्ण युएईबासी तमु तथा गैर तमु माहनुभाव , शुभचिन्तकहरु लाई गरिमामय उपस्थितको निम्ति साथ र सहयोग गरि तमु च्यु -ल्होसार कार्यक्रम लाई भब्य र सभ्य रुपमा सफल पारी दिनु भएको भन्दै तमु समाज युएईको तर्फ बाट हार्दिक धन्यवाद तथा हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेका थियो ।
 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...