इजरायलका युवाहरुले युट्युबबाट आएको रकम राष्ट्रिय अविस्कार केन्द्रलाई हस्तान्तरण ।

विदेश

इजरायलका युवाहरुले युट्युबबाट आएको रकम राष्ट्रिय अविस्कार केन्द्रलाई हस्तान्तरण ।
डिसेम्बर ४ इजरायल :-डा महाबिर पुनको राष्ट्रिय अविस्कार केन्द्रलाई युट्युबबाट आएको रकम हस्तान्तर गरेको छ ।''रमाइलो छ संसार ''नामाक च्यानलबाट आएको रकम मध्येबाट ४०००० ने रु (चालिस हजार मात्र )च्यानल संचालकहरु मध्येका धनु काउचा मगरले डा महाबिर पुनलाई हस्तान्तरण गरेको छ । धनु काउचा मगर, चित्र जुग्जाली मगर, बिबश आले मगर, लाल दुरा, समिर छन्त्याल सहित अरु वहाका युवा जागरुक साथीभाईहरुले मनोरंजन र जानकारीमुलक कार्यक्रम राखेर सो च्यानल संचालन गरीरहेका छन् । रमाईलो छ संसार च्यानलबाट आएको रकम वहाहरुले व्यक्तिगत रुपमा खर्च नगरी नेपालमा विभिन्न आर्थिक कम्जोर बिरामीलाई सहयोग गर्ने देखि सामाजिक कामहरुमा सहयोग गर्दै आईरहेका छन् ।बिदेशी भूमि इजरायलमा आफ्नो कामबाट फुर्सद हुँदा भिडियोहरु बनाएर राख्ने र प्राप्त रकम धेरै थोरै जे जति आएपनि यस्तै काममा लगाउने वहाहरुको उद्देश्य रहेको संचालक मध्येका बिबाह आले मगरले हामीलाई बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...