तमु (गुरुङ) समाज कतारद्वारा “च्यु ल्होसार तथा स्योकैं कार्यक्रम” भब्य रुपले सम्पन्न ।

विदेश

तमु (गुरुङ) समाज कतारद्वारा “च्यु ल्होसार तथा स्योकैं कार्यक्रम” भब्य रुपले  सम्पन्न ।
डिसेम्बर ३१ दोहा :-राष्ट्रिय पर्व तथा तमुहरुको महान पर्व ल्होसार तमु (गुरुङ) समाज कतारको आयोजनामा गत २७ डिसेम्बर २०१९ शुक्रबारका दिन मिसाइदको अम्वाज क्याटरिङमा "च्यु ल्होसार तथा स्योकैं २०१९" कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।संस्थाका केन्द्रीय अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव आर के शर्मा ज्यु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई क्रेगीले संस्थागत सम्मान गरिएको थियो । कार्यक्रममा अन्य विशेष उपस्थितिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार टि बी कार्की ज्यु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्य पुर्व संयोजक श्री प्रबिण गुरुङ ज्यु, मध्यपुर्व युवा संयोजक राज रेग्मी ज्यु, निवर्तमान मानार्थ परिषद सदस्य कमलमणि गुरागाई ज्यु, निवर्तमान सदस्य बिमल सुवेदी ज्यु र अर्का निवर्तमान सदस्य बिनोद भट्टराई ज्यु, वर्तमान सदस्यहरु क्रमश: रमेश भट्ट ज्यु, होमनाथ शर्मा ज्यु, युवराज शर्मा ज्यु, गैरआवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ ज्यु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल ज्यु, महासंघका प्रमुख सल्लाहकार श्री देवराज राई ज्यु, विशेष सल्लाहकार सियाराम चौधरी ज्यु, संस्थापक सदस्य तथा सल्लाहकार सुक बहादुर तामाङ ज्यु, सल्लाहकारहरुमा क्रमशः संखलाल तामाङ ज्यु, नियम भुजेल ज्यु, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङ्खाम लिम्बु ज्यु, किरात राई यायोक्खा कतारका अध्यक्ष बिमल राई ज्यु, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ ज्यु, थारु कल्याणकारिणी सभा च्याप्टर कतारका उपाध्यक्ष हरि बहादुर महतो ज्यु, नेपाल प्रवासी सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयल सुनुवार ज्यु, नेपाल प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष मिलन भुजेल ज्यु, धानुक समाज कतारका अध्यक्ष रामकुमार मण्डल ज्यु, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष रबिन्द्र गुरुङ ज्यु, अतिथी कलाकारहरुमा क्रमशः लोक दोहोरी तथा चुड्का गायक पृथ्वी गुरुङ ज्यु, मोडल तथा गुरुङ चलचित्रकी नायिका इन्दु गुरुङ ज्यु, लोक दोहोरी गायिका सुनिला गुरुङ ज्युको उपस्थिति रहेको थियो। त्यस्तै आमन्त्रित अतिथिहरुमा विभिन्न संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधि ज्युहरु, व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुको गरिमामय उपस्थिति सँगै दोहावासी तमु तथा गैर तमु महानुभावहरुको उल्लेखनीय उपस्तिथि रहेको उक्त कार्यक्रम संस्थाका महासचिव तेज गुरुङ र सचिव ज्ञानु गुरुङले सञ्चालन गरेका थिए भने संस्थाका द्वितीय उपाध्यक्ष धनराज गुरुङ ज्युले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभए लगत्तै प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थाका तृतीय उपाध्यक्ष टौमाया गुरुङ ज्युले महान पर्व तमु ल्होसारको महत्त्वबारे प्रकाश पार्नु भएको थियो । यस बर्स फो ल्हो (मृग बर्ग) बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाइ स्वागत गरिने हुदा फो ल्हो र च्यु ल्हो हुनेहरुलाई खेगी केस गुरुङले रिपा (रुपा) लगाई स्याई स्याई गर्नुभएको थियो । यसपटकको च्यु ल्होसार तथा स्योकैं कार्यक्रमलाई विशेष बनाउने उद्देश्यले नेपालबाट अतिथी कलाकारहरु पृथ्वी गुरुङ, सुनिला गुरुङ र इन्दु गुरुङलाई संस्थागत निमन्त्रणा गरिएको थियो र वहाँहरु कै विशेष प्रस्तुतिहरु सँगै तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवारका कलाकारहरुको बिभिन्न आकर्षक प्रस्तुतीहरुको साथमा तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलहरुले कार्यक्रमको गौरव र थप रौनकता बढाएको थियो । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१९-२०२१ कार्यकालका लागि सचिब जस्तो गरिमामय पदमा निर्बाचित हुनुहुने आर।के शर्मा ज्यु, मध्य पुर्व संयोजकमा निर्बाचित प्रबिण गुरुङ ज्यु, मध्यपुर्व युवा संयोजकमा निर्बाचित राज रेग्मी ज्यु, सदस्यहरु क्रमश: रमेश भट्ट ज्यु, होमनाथ शर्मा ज्यु, युवराज शर्मा ज्यु, गैरआवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ ज्यु, सदस्य तथा सांस्कृतिक बिभागका संयोजकमा मनोनित मदन गुरुङ ज्युलाई क्रेगी (फेटा) सहित बधाई पत्र हस्तान्तरण गरि सफल कार्यकालको सुभकामना व्यक्त गरिएको थियो । हरेक वर्ष जस्तै यस वर्ष पनि तमुहरुको परम्परागत छेलो फाल्ने प्रतियोगितामा लम्जुङका हर्क गुरुङ च्यु ल्होसारको तमु राजा (म्रु) घोषित हुनु भएको थियो भने स्याङ्जाका दिनेश गुरुङ उप-विजेता हुन सफल हुनु भयो। विजेता दुबैजनालाई क्रेगी, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मानित गरिएको थियो। रमाइलो डोरी तान्ने प्रतियोगिताका विजयी लमजुङ सेवा समाज कतारको समूहलाई समाजको लोगो अंकित खादा, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो। आपसी सद्भाव र सहकार्यको सुन्दर नमुना स्वरुप तमु प्ये ल्हु संघ कतारको महिला बिभाग द्वारा कार्यक्रमका सभापति भाइकाजी गुरुङ, प्रमुख संरक्षक बिल बहादुर गुरुङ र महिला संयोजक डिल कुमारी गुरुङलाई क्रेगी र पछ्यौराले सम्मान गरिएको थियो । साथै महिला बिभागका संयोजक सारा गुरुङको नेतृत्वमा उपस्थित सम्पूर्ण महिला बिभागको तर्फबाट कोसेली हस्तान्तरण गर्नुभएको थियो । यसै मेसोमा आपसी भाईचारा र आपसी सहयोग र सद्भावको अर्को नमुना भनेको नेपाल प्रवासी तामाङ समाज कतारको सिंगो टिमबाट चू ल्होसारको शुभकामनाको ब्यानर सहित एक संस्थागत झाँकी समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आरके शर्मा ज्युले तमुहरुको च्यु ल्होसारको शुभ अवसरमा शुभकामना ब्यक्त गर्दै यस विशेष अवसरमा तमु (गुरुङ) समाजले प्रमुख अतिथिको निमन्त्रणा दिएकोमा हार्दिक धन्यवाद प्रकट गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । उपस्थित वक्ताहरुले कार्यक्रम सफलता सहित च्यु ल्होसारको शुभकामना व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य महानुभावहरुमा प्रदेश समन्वय परिषदहरुको तर्फबाट प्रदेश नं १ का अध्यक्ष चुडामणी कार्की मातृसंस्थाहरुको तर्फबाट धिरेन तामाङ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष कारीम बक्स मियाँ, तमू पे ल्हु संघ कतारका अध्यक्ष रबिन्द्र गुरुङ, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव भुजेल, कतारमा स्थापित संघ संस्थाहरुको तर्फबाट एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ , गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्य पुर्व संयोजक श्री प्रबिण गुरुङ ज्यु हुनु हुन्थ्यो । उक्त च्यु ल्होसार कार्यक्रम सम्पन्न गर्न विभिन्न ब्यक्तित्वहरुले आर्थिक तथा भौतिक सहयोग गर्नु भएको थियो ।त्यस्तै कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा उपहारको गोला प्रथा द्वारा निम्न कुपन नम्बर र व्यक्तित्वहरु पुरस्कृत भएको घोषणा गरिएको थियो।   अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रित अतिथिहरुको गरिमामय उपस्थितिको, नेपाल बाट हाम्रो निमन्त्रणा स्वीकार गर्नु भई आउनु हुने अतिथि कलाकारहरु, यहा सहयोग गर्नुहुने सहयोगी व्यक्तित्व दाता ज्युहरु र विभिन्न संघ सस्थाहरु निम्ति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै, अन्य उपस्थित सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, दोहावासी तमु तथा गैर तमु महानुभावहरु प्रति गरिमामय उपस्थिति सहित वहाँहरुको यो सद्भाव र सहयोगको निम्ति कृतज्ञता ब्यक्त गर्दै कार्यक्रमका अध्यक्ष भाइकाजी गुरुङ ज्यु द्वारा "च्यु ल्होसार तथा स्योकैं कार्यक्रम २०१९" को समापन गर्नुभएको थियो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...