नेपाल आदिबासी महासंघ इजरायलको बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न ,तारा काउचा मगर अध्यक्षमा पदमा निर्बाचित ।

विदेश

नेपाल आदिबासी महासंघ इजरायलको बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न ,तारा काउचा मगर अध्यक्षमा पदमा निर्बाचित ।
जुन १६ तेल अभीव :-"विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं "नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न भएको छ। जुन १४ तारिख २०१९ शुक्रबार साँझ इजरायलको तेलविव शहर स्थित ओल्फसन- ६६ नम्बरको हलमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निवर्तमान अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ ज्युको सभापतित्व गर्नु भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अथिति नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक अध्यक्ष एवं संरक्षक परिषद सदस्य श्री तेन्जिङ शेर्पा ज्यु, बिशेष अथिति NRNA NCC इजरायलका अध्यक्ष श्री शान्ता अधिकारी ज्ञावाली ज्यु, बिशेष अथिति ज्युहरु नेफिन इजरायलका संरक्षक परिषद सदस्य ज्युहरु, साथै अथिति नेफिन इजरायलका सल्लाहकार ज्युहरु , राष्ट्रिय संगठन संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरु त्यसै गरि इजरायलमा क्रियासिल राजनैनिक, सामाजिक, धार्मिक, कला तथा साहित्य संघ संस्थाका संगठनका अध्यक्ष तथा प्रतिनिधी सहीत इजरायलमा रहेका पहिचान बादी आदिवासी जनजातीहरुको बाक्लो उपस्थिती थियो । आदिबासीहरुको भेष भुषा भाषा, लिपि, कला, संस्कृति, परम्परागत मौलिक रितिरिवाजहरु संरक्षण तथा सम्बर्धन गर्न , सामाजिक, शैक्षिक र राजनीतिक रुपमा राज्यले लामो समय देखि थिचोमिचो पारेको बिषयमा सबै उत्पीडित समुदायलाई सचेत गराउने र एक जुट भएर आफ्नो अधिकारहरु प्राप्त गर्न महासंघ केन्द्रले चालेको कदमहरुलाई प्रवासमा बसेर सहयोगहरु गर्ने उदेश्यले सन् २०१३ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सात बर्ष पुरा गरेको अवसरमा सातौं बार्षिकोत्सव केक काटेर मनाईएको थियो । कार्यक्रम सभापती तथा प्रमुख अतिथी ज्युले दीप प्रज्वलन गरेर शुरु गरिएको सो कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष तारा काउचा मगरले शुभकामना मन्तब्य दिनु भएको थियो । नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक अध्यक्ष एवं संरक्षक परिषद सदस्य श्री तेन्जिङ शेर्पा ज्यु, बिशेष अथिति NRNA NCC इजरायलका अध्यक्ष श्री शान्ता अधिकारी ज्ञावाली, नेफिन इजरायलका सल्लाहकारहरु राष्ट्रिय संगठन संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो |बार्षिक प्रतिबेदन महासंघका महासचिव समिर लामा श्याङ्बाले पेश गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन महासंघका कोष अध्यक्ष मन कुमारी पुर्जा मगरले पेश गर्नु भएको थियो | कार्यक्रम महासंघ इजरायलका महासचिव समिर लामा श्याङ्बा र प्रथम सचीव खुसी घलेले संचालन गर्नु भएको थियो । प्रथम चरणको कार्यक्रमको समापन पछि दोस्रो चरणमा साधारण सभा कार्यक्रममा नेफिन इजरायलका नि-वर्तमान अध्यक्ष श्री नरेश कुमार श्रेष्ठको संयोजकत्वमा निर्बाचन समिती गठन गरिएको थियो ।सर्ब सम्मतबाट निर्बाचित सम्पूर्ण पदाधिकारीहरूको घोषणा पछि ओहदाको प्रमाण-पत्र प्रदान गर्नु हुँदै निर्बाचन समिती संयोजक नरेश कुमार श्रेष्ठले सपथ खुलाएका थिए भने यस पटक आफ्नो मौलिक भाषामा सपथ लिनु भएको थियो ।

नव निर्वाचित कार्यसमितिको नामावाली:- अध्यक्ष- तारा काउचा मगर वरिष्ठ उपाधक्ष -पेम्बा डोमा ह्योल्मो उपाध्यक्ष - देब कुमार ख़ालीङ राई उपाध्यक्ष - आङ छिरिङ शेर्पा उपाध्यक्ष - एलिजा लामा दोङ तामाङ उपाध्यक्ष - नुमा काङ्भा बखिम लिम्बु उपाध्यक्ष - स्वस्तिका श्रेष्ठ महासचिव - खुसी घले प्रथम सचिब - छोङबा शेर्पा सचिब - निङमा घीसिङ तामाङ सचिब - शान्ति गुरुङ सचिब - कशिश वान्तवा सचिब - दावा सोनाम ह्योल्मो सचिब - मन कुमारी मगर कोषाध्याक्ष - आइन्द्र योङ्या लिम्बु सह कोषाध्यक्ष - बिमला श्रेष्ठ सल्लाहकारहरु :- बाल कुमार राई दिपक राना मगर नरेश कुमार श्रेष्ठ डम्बर गुरुङ दावा छिरीङ शेर्पा गीता तुम्बाहाङ्फे अनिता तामाङ ल्होप्साङ लामा ह्योल्मो संरक्षका परिषद सदस्यहरु :- तेन्जिङ शेर्पा सुन्दर योञ्जन तामाङ डोमा शेर्पा निर्मला गुरुङ नयन इम्सोङ लिम्बु


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...