कतारमा मुस्लिम धर्माबलम्बीहरुको पर्व ईदको अवसरमा नेपथ्य बेण्ड लाइभ कन्सर्ट हुने ।

विदेश

कतारमा मुस्लिम धर्माबलम्बीहरुको पर्व ईदको अवसरमा नेपथ्य बेण्ड लाइभ कन्सर्ट हुने ।
अगस्ट ३ दोहा :-कतारमा मुस्लिम धर्माबलम्बीहरुको ठुलो पर्व ईदको अवसरमा नेपथ्य बेण्ड लाइभ कन्सर्टको तयारी गरी रहेको छ । "शान्तिका लागि संगीत"(Music for peace) भन्ने मुल नारा सहित Level FN advertising event समुह, कतार सह-आयोजकमा कास्की आदर्श सेवा समाज कतार र रामनगर - ठीमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा यो कार्यक्रम हुन लागिएको हो ।नेपाल मात्र नभै अन्तराष्ट्रिय रुपमै चर्चित नेपथ्य ब्याण्डका स्वरका धनी गायक अमृत गुरुङलाई कतारमा रहेका नेपालीहरुले हेर्न पाउने भएका छन् । स्मरण रहोस नेपथ्य २०१३ मा बेलायतको ,Wembley Arena मा Live concert गर्ने एक मात्र नेपाली ब्याण्ड हो ।उक्त कार्यक्रमलाई पुर्ण रुपमा सफलता सग सम्पन्न गर्नको लागि सम्पुर्ण कतारमा रहनु हुने नेपाली दाजु भाई दिदि बहिनिहरुलाई प्रत्यक्ष सहभागीता हुनु भइ कार्यक्रम सफलता बनाई नेपथ्य (अमृत गुरुङ)को साथ भरपुर मनोरंजन लिने ठुलो अवसर नगुमाउन सम्पूर्ण कतार बासीलाई अजोजकाले अनुरोध गरेको छ । कतारको विभिन्न नेपाली रेस्टुरेन्टहरुमा पनि टिकट उपलब्ध भएको जानकारी आयोजकले दिएको छ ।साथै दर्शक हरुले लिनु भएको टिकट अर्धकट्टी बाट कार्यक्रम पछि कान्तिपुर मेडीकल सेन्टर बाट (६ महिना अबधिको लागी) १ पटक Free docter consulatation मौका पनि पाउनुहुनेछ ।

नेपथ्य बेण्ड लाइभ इन दोहा -2019,दोहा

मिती :- 2019/08/(ईदको दोस्रो दिन) स्थान: एसियन टाउन एम्पिथियटर हल, Grandmall, सनैया । समय : गेट खुल्ने 4:00 बजे ।

नोट : 35/50/100, VIP-200, VVIP-500 कतारी रियल टिकेटको लागी सम्पर्क मोबाईल न, - 30385459 ,55605567 -70008781 ,77295054 - 55952452 ,70015512

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...