तमु समाज इजरायलको आठौ महाधिबेशन भब्य रुपले सम्पन्न ,ओम गुरुङको नया नेतृत्वमा नया कार्य समिती घोषणा ।

विदेश

तमु समाज इजरायलको आठौ महाधिबेशन भब्य रुपले सम्पन्न ,ओम गुरुङको नया नेतृत्वमा नया कार्य समिती घोषणा ।
जुलाई १४ तेल अभीव :-"प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु"तमु समाज इजरायलको आठौ अधिबेशन भब्य रुपले सम्पन्न भएको छ ।तमु समाज इजरायलकी अध्यक्ष आश माया तमुस्योको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आमन्त्रित तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमु,बिशेस अतिथीहरुमा नेपाल आदीबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर,एन आर एन एन सी सी इजरायलका अध्यक्ष शान्ता ज्ञावली तथा विभिन्न जातीय ,धार्मीक,राजनैतिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो । जुलाई १२ शुक्रबार साझ, तेल अभीवमा भएको सो कार्यक्रममा इजरायलबासी तमु समुदाय तथा नेपालीहरुको बाक्लो उपस्थीती रहेको थियो।प्रमुख अतिथी ,बिशेस अतिथी ज्युहरु ,सभापतीको सामुहिक दीप प्रज्वलनबाट शुरु भएको सो कार्यक्रममा तमु समाज इजरायलका सल्लाहाकार सानु तमुस्योको स्वागत मन्तब्य दिनु भएको थियो भने शुभकामना मन्तब्य सल्लाहाकार निर्मला तमुस्योले दिनु भएको थियो यसै गरी आर्थिक प्रतिबेदन कोष अध्यक्ष बिन्दु तमुस्योले पेश गर्नु भएको थियो। कार्यक्रममा मनोरन्जनको लागीसंस्थाका बरिष्ठ सल्लाहकार डम्बर गुरुङको गुरुङ भाषामा गितमा सबै झुमेका थिए ।  तमु समुदायको पहिचान झल्काउने सास्कृतिक कार्यक्रम सहित भाग्यशाली चिठ्ठा उपहारको पनि राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथी तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुले समसामयीक बिषयमा बोल्नु हुँदै नया कार्यसमिती शुभकामना दिनु भएको थियो ।बिशेस अतिथी आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले तमु समाजले भबिस्यमा चाल्ने सकारात्मक कदमहरुमा हमेसा साथ दिने प्रतिबद्दता ब्यक्त गर्नु हुँदै नया कार्यसमितीलाई शुभकामना दिनु भएको थियो ।यसै गरी एन आर एन एन सी सी इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञावलीले पनि मन्तब्य दिनु भएको थियो । प्रमुख अतिथी तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमुलाई तमु समाज इजरायल तथा आदीबासी जनजाती महासंघ इजरायलको तर्फबाट छुट्टा छुटै रुपमा सम्मान गरिएको थियो । कार्यक्रम सभापती तथा तमु समाज इजरायलकी सफल अध्यक्ष आशा तमुस्योले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने ,कार्यक्रममा उपस्थीत प्रमुख अतिथी ,बिशेस अतिथीहरु ,अतिथीहरु तथा उपस्थीत सम्पूर्णलाई धन्यवाद दिनु हुँदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।कार्यक्रम संस्थाका नि-बर्तमन महासचिव हरि माया तमुस्यो र सहसचिब इन्द्र माया तमुस्योले संचालन गरेकी थिईन् । निवर्तमान प्रमुख सल्लाहकार डिक कुमार तमुको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले ओम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी घोषण गरेका थिए ।
फोटो :-तेजेन्द्र गुरुङ दीपेन गुरुङ

नया २४ सदस्यीय कार्यसमीती यस प्रकार रहेका छन् :- अध्यक्ष:- ओम गुरुङ प्रथम उपाध्यक्ष:- खुशी घले ,दितिय उपाध्यक्ष:- रिता घले , तृतीय उपाध्यक्ष:- नर माया गुरुङ महासचिव:- शान्ति गुरुङ, सचिब:- रेखा गुरुङ सह-सचिब दुर्गा गुरुङ कोष अध्यक्ष:- बिन्दु गुरुङ, सहकोषाध्यक्ष:- गया गुरुङ महिला विभाग प्रमुख :-पशुपति गुरुङ सदस्यहरु :- मिठु गुरुङ ,लीला गुरुङ ,सोनी गुरुङ,उषा गुरुङ,बिना गुरुङ,मनु गुरुङ,अञ्जली गुरुङ,खुशी गुरुङ,सुचित्रा गुरुङ ,सुनिता गुरुङ,प्रणय गुरुङ,बिरेन गुरुङ,धना गुरुङ र मन्श्री गुरुङ संरक्षक समिति:- डिक कुमार गुरुङ ,डम्बर गुरुङ निरु गुरुङ सल्लाहकार समिति:- प्रमुख सल्लाहकार:- आस माया गुरुङ, सल्लाहकार:- कमल गुरुङ,सानू गुरुङ हरि माया गुरुङ

     

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...