दुबईमा तमु प्ये ल्हु संघले २०२० जनवरी ०३ तारिख तमु च्यु ल्होसार भव्यरुपमा मनाउने।

विदेश

दुबईमा तमु प्ये ल्हु संघले २०२० जनवरी ०३ तारिख तमु च्यु ल्होसार भव्यरुपमा मनाउने।
अक्टुबर २७ मनु कोंमे दुबाई:- तमु समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास युएईमा स्थापित तमु प्ये ल्हु संघ युएईले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमु च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमु च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबार युएईको दुबई शहर स्थित अल्कुज डल्स्को हल स्पोर्ट्स कम्प्लेक्समा भव्य रुपमा मनाउने भएको छ। नेपालका बहुचर्चित ख्यातिप्राप्त सर्जक, संगितकार एवं वरिष्ठ गायक कृष्ण क्रोम्छे तमु, तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका महासचिव, कलाकार एवं कोरियोग्राफर पबित्र पहच्यु तमुस्यो र सक्रिय सदस्य एवं कलाकार देउ बहादुर ( मिथुन) भुच्चा तमु अतिथि कलाकारको रुपमा युएई आउने भएका छ्न। कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार सर्जक,संगितकार एवं वरिष्ठ गायक कृष्ण गुरुङको बिशेष सांगीतिक प्रस्तुति सहित कलाकार पबित्र तमुस्यो र कलाकार देउ बहादुर भुच्चा तमुको सांगीतिक धमाका रहने भएको छ भने प्रवास युएईमा रहेका चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ। उक्त ल्होसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि गरिमामय उपस्थितिको लागि सम्पुर्ण प्रवास युएईमा स्थापित संघ संस्था ,नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु प्ये ल्हु संघ युएई तथा संघका महासचिव सशिला भुच्चा तमुस्योले हार्दिक आमन्त्रण समेत गरेकी छिन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...