भैरहवामा ४६ लाख भन्दा बढी अबैध रकम सहित एक जना पक्राउ |

अन्य

भैरहवामा ४६ लाख भन्दा बढी अबैध रकम सहित एक जना पक्राउ |
फागुन ७ भैरहावा:- श्रोत नखुलेको ४६ लाखभन्दा बढी रुपैयाँ भैरहावा नाकामा बरामद गरेको छ। भैरहवामा सशस्त्र प्रहरी अन्तरगत भन्सार गस्ती सुरक्षा ईकाईको टोलीले ४६ लाख बढी नेपाली र भारतिय मुद्रा बरामद गरेको हो।सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर वडा नम्बर-१ डण्डा बेस नजिकै चेकजाचका क्रममा भारतिय कारबाट सो रकम बरामद भएको थियो। भारत सुनौली नाका हुदै नेपाल आएको युपी ५६ टी ३०७१ नम्बरको टोयोटा कार चेकजाँच गर्दा गुल्मी साविक रुपाकोट गाबिस वडा नम्बर ५ बस्ने ४५ बर्षका चन्द्रकान्त पौडेलको साथबाट सो रकम बरामद भएको हो।बरामद भएको उक्त रकमको कुनै श्रोत बताउन नसकेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको सशस्त्र प्रहरी भन्सार गस्ती सुरक्षा डण्डा बेसका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोबिन्द बहादुर खातीले बताए। खातीका अनुसार चेकजाच गर्दा गाडीको पछाडिको डिक्कीमा झोलाभित्र बिस्कुटको कार्टुनमा मिलाएर राखिएको अबस्थामा सो रकम फेला परेको थियो।बरामद सबै रकम थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको छ । कारसंगै चालक भारत महाराजगन्ज नौतनवाका ३३ वर्षीय सोमई धवल पनि नियन्त्रणमा छन् । उनलाई समेत जिल्ला प्रहरीमा अनुसन्धानका लागि पठाईएको छ। नियन्त्रणमा रहेका ४५ बर्षिय पौडेल बम्बईमा कार्यरत रहेको बताएका छन्। उनले यो रकम अन्य कामदारहरुको संकलन गरी बुझाईदिन ल्याएको बताए पनि कस कसको कति कति रकम र कहा कहा ठेगाना केही बताउन नसकेपछि सशस्त्र प्रहरीले जिल्ला प्रहरीमा पठाएको हो। पौडेल गुल्मीका भए पनि हाल भने सैनामैनाको मुर्गियामा बस्ने गरेको बुझिएको छ। उक्त रकम उनले नौतनवाबाट ल्याएको शंका छ । पौडेल हुन्डीको कारोबार या अन्य कुनै अबैध आर्थिक गतिबिधीका पैसा बोकेर नेपाल ल्याएको हुन सक्ने समेत आशंका प्रहरीको छ । -देश संचार डट कमबाट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...