चितवनमा नारायणी नदी १०० मिटर भित्र पस्यो ,स्थानीय त्रसित |

अन्य

चितवनमा नारायणी नदी १०० मिटर भित्र पस्यो ,स्थानीय त्रसित |
भदौं १९ चितवन :- भरतपुर महानगरपालिका २७ गोलाघाट क्षेत्रमा नारायणी नदीले निरन्तर तटबन्धन कटान गरेपछि हजारौ संङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।नदी कटान रोक्न ठूलो संङख्यामा नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जानकारी दिए । नदी छेउमै रहेका २ घरको सामान सारिएको छ भने स्थानियलाई सचेत बन्न जिल्ला प्रशासन कार्यालय चितवनले सूचना नै जारी गरेको छ । नारायणी नदीले प्रत्येक बर्ष सो क्षेत्रमा कटान गर्दछ । यसवर्ष तटबन्धन गरिएपनि फेरी कटान भएपछि गोलाघाट क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...