बलात्कारी प्रहरी भए पनि नछोड्ने |

अन्य

बलात्कारी प्रहरी भए पनि नछोड्ने |
भदौं २२ कञ्चनपुर:- बलात्कारपछि हत्या गरी फालिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेटघाट गरेका छन् । उनले बिहीबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् । भेटमा महानिरीक्षक अपराधमा संलग्न दोषी जो सुकै भएपनि नछाड्ने आश्वासन दिए । ‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उहाँले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भन्नुभएको छ’ निर्मलाका बुवा यज्ञराज पन्तले भने ।यज्ञराज पन्तले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापरबाहीका विषयमा पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...