अमेरिकामा माछा मार्ने क्रममा एक नेपालीको मृत्यु |

अन्य

अमेरिकामा माछा मार्ने क्रममा एक नेपालीको मृत्यु |
भदौं १७ अमेरीका :-संयुक्त राज्य अमेरिकाको आहायो राज्यमा माछा मार्ने क्रममा खोलामा डुवेर एक नेपाली भाषी भुटानीको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रवार अपरान्ह खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका ३५ बर्षीय जगत घिमिरेको शनिवार विहान शब भेटिएको हो । भिनाजु नाता पर्ने अर्का एक जनासँगै शुक्रवार स्थानीय खोलामा माछा मार्न गएका उनी एक्कासी बेपत्ता भएका थिए । दुई जना सँगै माछा मार्दै गर्दा एक्कासी उनलाई नदेखेपछि भिनाजुले प्रहरीलाई खबर गरेका थिए । आ-आफ्नै सुरमा माछा मार्दै गरेको र केहि बेरमै फर्केर हेर्दा घिमिरेलाई कतै नदेखेपछि अत्तालिदै खोलाबाट निस्केर उनले प्रहरीलाई खबर गरेका थिए । तत्काल उद्धार सामाग्री सहित आएको प्रहरीटोलीले खोजी गरेपनि उनको केहि पत्तो लागेन । राती अबेरसम्म पनि उनको अबस्था थाहा हुन नसकेपछि शनिवार विहानैदेखि प्रहरीको तालिमप्राप्त कुकुर सहित खोलामा खोजी गर्दा उनको शब पानीमा तैरिरहेको अबस्थामा भेटिएको हो । भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासका क्रममा झापाको बेलडाँगी शिविरबाट १० बर्ष अघि उनी अमेरिका आएका थिए । । उनको ५ बर्ष र दुई बर्षका दुई छोराहरु , श्रीमति, दुई छोरा र आमाबाबुसँगै बस्दै आएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...