पाँच घण्टा पछी फेरि कन्चनपुरमा कर्फ्यु |

अन्य

पाँच घण्टा पछी फेरि कन्चनपुरमा कर्फ्यु |
भदौं १० कञ्चनपुर:-निर्मला पन्तको बलात्कार र हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको थियो । भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा कर्फ्यु आदेश जारी गरिएको हो । १० बजेपछि लगाइएको कफ्र्यू अर्को आदेश नभएसम्मका लागि जारी गरिएको छ ।शनिबार भएको सर्वपक्षीय बैठकले जनैपूर्णिमाका लागि कर्फ्यु हटाउन सुझाव दिएकाले सुरक्षा समितिको बैठकले पाँच घण्टाका लागि कफ्र्यू हटाएको थियो । प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षा कायम गराउन स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...