गण्डकी प्रदेशमा शनिबार ८२ जना नया कोरोना संक्रमित पुष्टी।

समाज

गण्डकी प्रदेशमा शनिबार ८२ जना नया कोरोना संक्रमित पुष्टी।
जुन २८ पोखरा :-गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित पुष्टी भएका छन्। शनिबार बेलुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय निर्देशनालयका अनुसार शनिबार बेलुका बागलुङका २५ पुरुष तथा २ महिला, तनहुँका ३ जना पुरुष तथा ३ महिला र पर्वतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघी आजै शनिबार बिहान प्रदेशका ३२ जना र दिउसो थप १६ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ८८ पुगेको निर्देशनालयले जनाएको छ ।यस प्रदेशमा १२१ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...