असार ९ बाट बेपत्ता सामाजिक महाशाखा प्रमुख ओम राज भिमादमा मृतक भेटिए |

अन्य

जुलाई १४ पोखरा :- असार ९ गते विहान ५ बजेदेखी बेपत्ता भएका पोखरा महानगरपालिका कार्यालयका सामाजिक महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा भेटिएका छन् । वेपत्ता भएको २२ दिनपछि पौडेलको शव शनिबार विहान तनुहँ भिमादको सेती नदि किनारमा फेला परेको प्रहरीले जनाएको छ । विहान करिव ९ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भिमाद बजारको ठिक तलपट्टि नदी किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायव निरिक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए । शव बाढी रोक्न लगाइएको ढुंगाको जालीले किनारमा रोकिएको थियो ।  परिवारजनले शवको पहिचान गरेपछि पोखरा ल्याउन लागिएको छ । पौडेल वेपत्ता भएको र महेन्द्रपुलवाट नदीमा एक व्यक्ति सेतीमा हामफालेको प्रत्यक्षदर्शीले वताएपछि कास्की प्रहरीले सेतीनदीमा खोजी अभियान जारी राखेको थियो । पौडेलले श्रीमतिलाई सम्वोधन गरेर पत्र लेखेर घरवाट सम्पर्क विहिन भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...