सुनतस्करपछि गृहमन्त्रीको नजर लागुऔषध कारोबारी माथि |

अन्य

सुनतस्करपछि गृहमन्त्रीको नजर लागुऔषध कारोबारी माथि |
मे ३ काठमाडौँ :- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।आज गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भन्नुभयो,‘‘ लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् । ’उहाँले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाजनै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘ अहिले सुन तस्करको जालोसम्म पुगेर कारवाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुहोस् । ’’उहाँले लागुऔषध नियन्त्रण सम्बन्धी जागरणमुलक र भण्डाफोर कार्यक्रम ल्याउन पनि निर्देशन दिनुभयो । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मात्रैै यसको नियन्त्रण सम्भव नभएको भन्दै समग्र नेपाल प्रहरी, अन्य सुरक्षा निकायको पनि यसमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।गृहमन्त्री बादलले लागुऔषधका भरिया मात्रै होइन यसको अन्तर्राष्ट्रिय कारोबारी, स्थानिय एजेण्डलाई समेत पक्राउ गर्नेगरी काम ाम अघि बढाउन निर्देशन दिनुभयो ।यस्तै केही दुव्र्यसनी सुधार केन्द्रले गलत कार्य गरीरहेको रिपोर्ट आएको भन्दै उनिहरुको पनि निगरानी बढाउन उहाँले निर्देशन दिनुभयो । छलफलमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ , नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिती रहेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...