नेपाल आदिबासी महासंघ इजरायलको आठौ बार्षिक उत्सव तथा साधारण सभा अनलाईन मार्फत गर्ने।

जनजाती बिशेस

नेपाल आदिबासी महासंघ इजरायलको आठौ बार्षिक उत्सव तथा साधारण सभा अनलाईन मार्फत गर्ने।
जुन १० तेल अभिव :-''विस्वका आदिबासी जनजाती एक हौ,आफ्नो भेषभुषा,भाषा ,लिपी ,कला, संस्कृतिको सरक्षण र सम्बर्धन गरौ''नेपाल आदिवासी जनजाती महासंघ, इजरायलले आठौ बार्षिक उत्सव तथा साधारण सभा मनाउने भएको छ | इजरायलमा नेपाल आदिवासी जनजाती महासंघ सन २०१२ मा स्थापना भएको थियो।यस बर्ष कोरोन भईरस (कोभिड-१९ )ले बिस्व आक्रान्त बनाई रहेको असामान्य परिस्थितिलाई मध्ये नजर गर्दै  बिगतका बर्षहरु झै भब्य कार्यक्रम नहुने तर सामाजिक दूरीको ख्याल राख्दै थोरै सहभागी भएर तथा जूम अनलाईन भिडियो कलमा मार्फत  आठौ बार्षिक उत्सव तथा साधारण सभा मनाउने भएको छ। उक्त बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम आगामी जुन १९(नेपाल आदिवासी जनजाती महासंघ, इजरायल कार्यालय) नेभेशनान ४७ तेल अभिवमा गर्ने भएको छ | उक्त कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाई दिनु हुन नेपाल आदिबासी महासंघ इजरायलले इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध गरिएको छ।

आठौ बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम स्थान :-नेभेशनान ४७ तेल अभिव((नेपाल आदिवासी जनजाती महासंघ इजरायल कार्यालय ) मिती:-१९ जुन २०२० शुक्रबार समय :-५ :४५ बजे साँझ

नोट :-कार्यक्रम स्थलमा उपस्थित हुन असम्भव हुनु हुनेले ZOOM भिडियो कलमा सहभागी हुन सक्नु हुनेछ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...