नेपाल आदिबासी महासंघ इजरायलको आयोजनामा १४२ औ लखन थापा स्मृति दिवस मनाए |

जनजाती बिशेस

नेपाल आदिबासी  महासंघ इजरायलको आयोजनामा १४२ औ लखन थापा स्मृति दिवस मनाए |
फागुन तेलअविव:- प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस इजरायलको तेलअविवमा सम्पन्न भएको छ |नेपाल आदिबासी महासंघ इजरायलका वरिष्ठ उपाध्यक्ष तारा काउचा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी कार्यवाहक अध्यक्ष शान्ता अधिकारी ज्ञावाली प्रमुख अतिथीमा , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संरक्षक परिषदका सदस्य ज्युहरु, सल्लाहकार ज्युहरु , नेफिन इजरायलका सदस्य संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरु लगायत इजरायलमा रहेका संघ/ संगठनका प्रतिनिधिहरु तथा इजरायलवासी नेपालीहरुको उपस्थिती रहेको थियो । नेफिन इजरायलका महासचिव समीर स्याङ्बा ह्योल्मोले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै प्रथम शहिद लखन थापा मगर लगायत ज्ञात अज्ञात सम्पुर्ण शहिदहरु प्रति श्रद्धाञ्जली सहित मन्तव्य राख्नु भएको थियो | यस अवसरमा नेफिन इजरायलका निवर्तमान सदस्य मन राना मगर , अन्तराष्ट्रीय नेपाली समाज इजरायल ( नयाँ शक्ती ) का अध्यक्ष तेज़ श्रेष्ठ , नेफिन इजरायलकी पुर्व अध्यक्ष तथा वर्तमान संरक्षक परिषदका सदस्य क्रमश निर्मला गुरुङ ,डोमा शेर्पा , एन आर एन ए एनसीसी इजरायलकी काबा अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवालीले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा बक्ताहरुले प्रथम शहिद लखन थापा मगरको मुर्ति शहिद गेटमा राख्नु पर्ने , लखन थापा मगरको जीवनीलाई बिद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने , राज्यले मनाउदै आएको सहिद सफ्ताहलाई फागुन २ गतेबाट सुरु गर्ने या समापन गर्नुपर्ने र उक्त्त दिन सार्बजनिक बिदा दिनुपर्ने, लखन थापा मगरको परिवारलाई उचित सम्मान र राज्यबाट पाउने सुविधाहरु उपलब्ध गराईनु पर्नेमा जोड दिएका थिए । प्रथम शहिद लखन थापा मगर लगाएत ज्ञात-अज्ञात शहिदहरुको सपना साकार पार्दै सिंगो राज्यले स-सम्मान शहिद दिवस मनाएमा मात्र शहिदहरुको आत्माले शान्ति पाउने भन्दै कार्यक्रमका सभापति तारा काउचा मगरले कार्यक्रममा समापान गर्नु हुँदै सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो |प्रथम सहीद लखन थापा मगरलाई बिक्रम सम्बत १९३३ फागुन 2 गते तत्कालिन राणा शासकले गोरखामा फाँसी दिईएको थियो |प्रत्येक बर्ष नेपाल मगर संघ इजरायल शाखाले प्रथम शहिद लखन थापा मगर दिवस मनाउदै आएकोमा यस बर्ष नेपाल आदिबासी महासंघ इजरायलले प्रथम पटक यो स्मृति दिवसको आयोजना गरेको थियो | फोटो;- मन राना

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...