नेपाल मगर संघ शाखा इजरायलको छैटौ बार्षिक उत्सव भब्य रुपले मनाउने ।

जनजाती बिशेस

नेपाल मगर संघ शाखा इजरायलको छैटौ बार्षिक उत्सव भब्य रुपले मनाउने ।
जुन २६ तेल अभीव :- मगर समुदायको भाषा,धर्म,भेषभुषा, संस्कृति,पहिचान र परम्परालाई जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा सन् २०१३ मा स्थापना भएको नेपाल मगर संघ शाखा इजरायलको छैटौ बार्षिक उत्सब कार्यक्रम भब्य रुपले मनाउने भएको छ। आगामी जुलाई १९ तारिक शुक्रबारको दिन तेल-अविभ स्थित यारकोन पार्कमा हुने , उक्त कार्यक्रममा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरुका साथमा वनभोज कार्यक्रम पनि राखिएको संघका महासचिव धनु काउचा मगरले हामीलाई बताउनु भयो । सो कार्यक्रमलाई भब्यताको साथ् सफल बनाउन इजरायलमा कार्यरत सम्पूर्ण मगर दाजुभाई दिदी बहिनीहरु लगायात इजरायलमा रहेका,सामाजिक,धार्मिक संघ सस्था,सञ्चारकर्मीहरू साथै इजरायलबासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबैनी हरुलाई गरिमामय उपस्थितिको लागि नेपाल मगर संघ शाखा इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ ।

छैटौ बार्षिक उत्सब कार्यक्रम

मिती:-19 जुलाई 2019 शुक्रबार

स्थान:-यार्कोन पार्क तेल-अभिव

समय:-सांझ ठिक 7।30 बजे

आयोजक:-नेपाल मगर संघ शाखा इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...