जनवरी १७ तारिख हुने ”माघ्या सकराती सांगीतिक साँझ २०७६ ”को तयारी पुरा, टंक बुढाथोकी र मनोज थापा बिहिबार साँझ इजरायल आइपुग्ने ।

जनजाती बिशेस

जनवरी १७ तारिख हुने ”माघ्या सकराती सांगीतिक साँझ २०७६ ”को तयारी पुरा, टंक बुढाथोकी र मनोज थापा बिहिबार साँझ इजरायल आइपुग्ने ।
जनवरी १४ तेल अभिव :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी सन २०१३ मा स्थापित नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ ,यसको लागी तिब्र रुपले तयारीहरु पुरा भईसकेको र नेपालबाट आमन्त्रित कलाकारहरु बिहिबार साँझ इजरायल आईपुग्ने माघ्या सकराटी साङ्गितिक साँझ २०७६कार्यक्रमका कार्यक्रम संयोजक मन राना मगरले जानकारी दिनु भएको छ । माघ्या सकराटी मगर समुदायको महत्व पूर्ण, मौलिक र पहिचान मुलक पर्वहरु मध्ये एक हो ।पुर्खाहरुले यस बेला लगाएको बालीनाली भित्राई सकेको हुने र नया बाली लगाउने समय नभई सकेकोले  फुर्सदको बेला आफन्त र परिवारजनहरुको भेटघाट गरी रमाइलो गरी मनाउने प्रचलन रहंदै आएको छ ,त्यो दिन मगर समुदायले पितृ पुजा गरि , बिबाह भएका र नभएका चेलीबेटीलाई तरुल ,बारा(बटुक )सहित हैसियत अनुसार मिठा मिठा परिकारहरु खुलाउने चलन रहेको छ ।माघे सक्रान्ती अर्थक माघ्या सकरटीलाई यस समुदायले शुभ दिन मान्ने चलन छ यस दिन बिबाह बन्दन र शुभ कार्यहरु पनि गर्ने गर्दछन ।भौगोलिक रुपले फरक फरक फरक ठाउँ अनुसार केहि बिन्नताहरु रहे पनि यस पर्व मगर समुदायको बिशेस महत्व पूर्ण पर्व मध्ये एक हो । यस अवसरमा इजरायलमा पनि नेपाल मगर संघ इजरायल शाखाले पनि "माघ्या सकराटी साङ्गितिक साँझ २०७६ "आयोजना गरि भब्य रुपले मनाउने भएको छ । यहि आउदो मिती १७ जनवरी २०२० शुक्रबारको दिन तेलभिब स्थित हगाना बेईत बरबुर १३५ को हलमा नेपालबाट आमन्त्रित चर्चित नेपालका राष्ट्रिय कलाकारहरु टंक बुढाथोकी र मनोज थापा मगरको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरू रहने छ ।यस ऐतिहासिक "माघ्या सकराटी साङ्गितिक साँझ २०७६ "कार्यक्रममा उपस्थित भएर मनोरंजन लिनु हुन इजरायलमा रहनुहुने सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध गरिएको छ । "माघ्या सकराटी साङ्गितिक साँझ २०७६ आयोजक :-नेपाल मगर संघ शाखा इजरायल मिती :-- १७ जनवरी २०२० शुक्रबार स्थान: -हगाना बेईत बरबुर १३५ ,तेल अभिव समय - साँझ ७ :०० बजे प्रवेश शुल्का :-१०० निश नोट - तेलभिव लिबिन्सकी पार्कबाट कार्यक्रम स्थलसम्म जानको लागि यातायातको ब्यबस्था पनि गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...