आदिवासी जनजातिले राजनैतिक पार्टीको झन्डा बोक्दै ठिक्क,आन्दोलनले सार्थकता पाउन सकेन ।

जनजाती बिशेस

आदिवासी जनजातिले राजनैतिक  पार्टीको झन्डा बोक्दै ठिक्क,आन्दोलनले सार्थकता पाउन सकेन ।
अक्टुबर १४ पोखरा :-नेपाल जनजाति महासंघका पूर्व महासचिव तथा आदिवासी राष्ट्रिय आन्दोलनका संयोजक डा. ओम गुरुङले आदिवासी जनजातिहरु आफ्नो मुद्धा छोडेर विभिन्न राजनैतिक झण्डा बोकेर हिड्दा जनजाति आन्दोलनले सार्थकता पाउन नसकेको वताएका छन । गुरुङले आदिवासी जनजातिहरु पार्टीको झण्डा बोकेर हिडिरहे पहिचानको मुद्धा हराएर जाने उनको भनाइ रहेको थियो । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गुरुङले आदिवासी जनजातिको पहिचान सहितको मुद्धा स्थापित गर्नका लागी जनजातिहरु एक हुनुको विकल्प नरहेको वताउदै जनजातिहरु आफ्नो मुद्धामा अडिग रहेर अगाडी वढ्न समेत आग्रह गरे । पछिल्लो समय राजनैतिक धु्रविकरणले आदिवासी जनजातिको मुद्धानै विलय भएर जान सक्ने भन्दै गुरुङले त्यस तर्फ सचेत बन्दै अवको चुनावमा आदिवासी जनजातिहरुले ध्यान दिन समेत आग्रह गरे । अवको चुनावमा आफुले जनजातिको प्रतिनिधित्व गर्दै उमेदवारी दिने र त्यसमा आफुलाई सहयोग गर्न समेत उनले आग्रह गरे ।डा. गुरुङले प्रथम शहिद लखन थापा आदिवासी जनजातिको मात्र नभई सिङ्गो नेपालीको हुदाँहुदै पनि रातारात शालिक भत्किाईनुले जनजातिप्रतिको हेपाहा प्रवृद्धि प्रष्टरुपमा देखिन थालेको बताए ।

जनजातिको हितको लागि तथा अधिकार सुनिश्चित गर्न आदिवासी आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउनुपर्नेमा डा. गुरुङको जोड थियो ।कार्यक्रममा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र समाजसेवी सुमन रानामगरको पनि उपस्थिति रहेको थियो । फोनिज कास्कीका अध्यक्ष एम.बी.आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेकि थिईन् ।

samadhan


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...