यूएईमा मन्जुश्री सम्वत २८५६ सोनम ल्होछार सेलो बिशेष सांझ -२०२० भब्य रुपमा सम्पन्न

जनजाती बिशेस

यूएईमा मन्जुश्री सम्वत २८५६ सोनम ल्होछार सेलो बिशेष सांझ -२०२० भब्य रुपमा सम्पन्न
फेब्रवरी २ मनु कोंमे तमु युएई :- तामाङ समाज युएईद्वारा आयोजित मन्जुश्री संवत् २८५६ सोनम ल्होछार नम्युङ ल्हो (मुसा वर्ग) सेलो बिशेष सांझ २०२० यहि ३१ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित कार्लटन टावर होटल देरा दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। नेफिन युएईका अध्यक्ष तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका पुर्व अध्यक्ष एवं नेफिन युएईका संरक्षक डि आर गुरुङ रहेको थियो भने बिशेष अतिथिमा ,नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल,नेपाली समाज युएईका प्रमुख सल्लाहकार सिपि सापकोटा,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला, नेफिन युएईका प्रमुख संरक्षक एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ रिन्जी शेर्पा ,तामाङ समाज युएईका संस्थापक सदस्य बिमल वाइवा ,आमन्त्रित अतिथि कलाकार गायिका इन्दिरा गोले गुरुङ ,नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान,नेफिन युएईका संरक्षण समिति सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, नेफिन युएईका संरक्षण समिति सदस्य तथा मगर संघ युएईका सल्लाहकार टंक थापामगर,जनप्रगतिशिल मञ्चका अध्यक्ष बाबुराम बिश्वकर्मा,प्रवासी नेपाली मञ्चका कावा अध्यक्ष महेश गिरि,एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली,नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल,नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष लक्ष्मण खनाल, अतिथिमा नेफिन युएईका वरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई ,नेफिन युएईका उपाध्यक्ष डिबि समर्पण,नेफिन युएईका महासचिव कुमार बलामी,कल्याणकारी वचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र तामाङ ,तमु समाज युएईका अध्यक्ष उषा गुरुङ, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगर,शेर्पा किदुग युएईका प्रथम उपाध्यक्ष माया शेर्पा,प्रवासी भुजेल सेवा समाज युएईका अध्यक्ष रन्जान भुजेल,किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष गज बहादुर वनेम,नेवा:पुच:युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ,किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ,सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,प्रवासी थारु कल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी, काभ्रे समाज युएईका अध्यक्ष दिल लामा,नेफिन युएईका सदस्य धर्मराज महत्तो, नेफिन युएईका सदस्य सांगी डोल्मा गुरुङ ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएईका अध्यक्ष नारायण न्यौपाने,फोटो पत्रकार तथा निर्देशक प्रदिप कुमाल, ,नासा लोक तथा दोहोरी लाइफका संचालक बिनोद खड्का लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेवी, पत्रकारहरु अतिथि रहेको थियो। कार्यक्रमको शुरूवातमा कार्यक्रमका सभापति ,प्रमुख अतिथि ,बिशिस्ट अतिथि गण र अतिथि गणहरुले संयुक्तरूपमा दिप प्रज्ज्वलन गर्दै औपचारिक कार्यक्रम समुद्घाटन भएको थियो। समुद्घान समारोह लगत्तै नेपाली राष्ट्रिय गीत बजेको थियो भने राष्ट्रिय गीत समाप्त पश्चात् तामाङ राष्ट्रिय गीत बजाएको थियो । औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन तामाङ समाज युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाज युएईका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले राखेका थिए।स्वागत मन्तव्य दिंदै प्रमुख अतिथि, बिशेष अतिथि गण,अतिथि गण विभिन्न संघ संस्थाका अतिथि गण,पत्रकार तथा उपस्थित सम्पूर्ण दर्शकहरु लाई स्वागत गर्दै तामाङ समाज युएईले प्रत्येक बर्ष सोनाम ल्होसार यसरी नै मनाउदै आएको छ । यस बर्ष आज मन्जुश्री संवत् २८५६ सोनाम ल्होसार सेलो सांझ - २०२० कार्यक्रम भव्यरुपमा मनाउदै छौं ।त्यसैले यस कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गरि दिन उपस्थित सम्पुर्णमा स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि डिआर गुरुङले शुभकामना मन्तव्य राख्दै नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरुको आ-आफ्नै पहिचान भएको र फरक फरक भाषा,भेषभुषा,कला,संस्कृतिमा पनि सिङ्गो नेपालीको हो भनी मान्न पर्ने र धार्मिक साहिष्णुता भएका देश भनेर चिन्ने हाम्रो देशमा धर्म जाती विरुद्ध कुनै पनि काम नगर्न आग्रह गरेका थिए । शुभकामना मन्तव्य विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले राखेका थिए। सोनम ल्होछारको अवसरमा शुभकामना देश छाडेर वैदेशिक रोजगारीको शिलसिलामा बिदेश आएका छौं । हामी विभिन्न कुनाकाप्चामा श्रम गर्ने मजदुर आज हल भित्र जम्मा भएर एउटा जातीय पर्व लाई स-सम्मान मनाउन पाउँदा अत्यन्तै हार्षित भएको बताउदै आफ्नो धर्म संस्कृति लाई कहिले पनि बिर्सनु हंदैन।धर्म संस्कृति लाई बिर्सियो भने भोलि आउने दिनहरूमा कहाँ खोज्न जाने त्यसैले यसरी नै आफ्नो आफ्नो धर्म संस्कृति मनाउदै जानु संरक्षण गर्नु तपाईं हामी सबैको कर्तव्य हो त्यसैले आफ्नो धर्म संस्कृति लाई जगेर्ना गर्न यसरी नै मनाउदै जान आग्रह गरेका थिए । त्यसैगरी शुभकामना मन्तव्य राख्ने क्रममा काभ्रे समाज युएईका अध्यक्ष दिल लामाले उपस्थित सम्पुर्ण लाई ल्होछारको शुभकामना दिंदै राजनीति रुपमा जब सम्म पहुँच पुग्दैन तब सम्म राजनीतिक निर्माण सम्म पुग्न सकिदैन ।तामाङहरु पनि नेपालकै नागारिक हौं।सबै जात जातिहरु संग मिलेर बस्छौं ।सबै जातजातिहरु संग हामी आफ्नो राज्यको कर तिरेर राज्यको नियम कानुन पालना गरेर देशमा सुनमा सुगान्ध थापेका छौं । देश लाई संरक्षण गरौं,देश लाई हामी सम्पुर्ण मिलेर बिकास गरौं ,बिश्व सामु एउटा समृद्धि देश नै बनाउने हामी हाम्रो चाहना हो,तसर्थ तपाई हामी मिलेर नाचगान गरेर यसरी ल्होसार मनाउनु धेरै राम्रो कुरा हो।मनाउनु पर्छ आफ्नो संस्कृति लाई जोगाउनु पर्दछ,यसको साथसाथै तपाईहरु पनि एउटा राजनीतिक क्षेत्र लाई पनि अंगाल्नोस ।म भन्दिन सक्दिन मन्त्री नै हुनु पर्छ सांसद नै हुनु पर्छ भनेर तर राजनीतिक क्षेत्रमा आउन एकदमै जरुरी छ।जुनै पार्टीमा लाग्नोहोस गर्नोस् राजनीतिक , जब सम्म राजनीतिक लडाइ गर्न सक्नु हुन्न तब सम्म यस लाई अगाडी बढाउन सक्नु हुन्न भन्दै राजनीतिमा अग्रसर हुन आग्रह गरेका थिए। कार्यक्रममा नेपाली समाज युएईका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार सिपि सापकोटा,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला,नेफिन युएईका पुर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पा,प्रवासी नेपाली मञ्चका कावा अध्यक्ष महेश गिरि,जनप्रगतिशिल मञ्चका अध्यक्ष बाबुराम बिश्वाकर्मा,एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली,तामाङ समाज युएईका संस्थापक सदस्य बिमल तामाङ,नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष लक्ष्मण खनालले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा तामाङ समाज युएईको अबुधाबी क्षेत्रीय समितिको निर्वाचित पदाधिकारीहरु लाई कार्यक्रमका सभापति,प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरुले संयुक्तरूपमा खादा ओढाएर बधाई शुभकामना दिएका थिए । त्यसैगरि कार्यक्रममा गायक हरि मोक्तान र गीतकार तथा संगीतकार टंक बुढाथोकीको रेलिमाइ - २ (पानको पातमा) गीतको म्युजिक भिडियोको विमोचन गरेको थियो। कार्यक्रममा संस्थामा आबद्ध भइ संस्था लाई अगाडी बढाउन निरान्तरतारुपामा काम गरेको योगदान र मुल्याङ्कन गर्दै मेम्बर अफ दि एयर अवार्ड - २०१९ दुई जना लाई र प्रेसिडेन्ट होनर अवार्ड एक जना लाई बिशेष सम्मान साथ प्रशंसापत्र प्रदानं गरेको थियो भने कार्यक्रममा बिरामी सुर्य तामाङको उपचार सहयोगार्थ रकम संकलन गरि हस्तान्तरण समेत गरेको थियो । कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा नेफिन युएई का अध्यक्ष एव संस्थाका अध्यक्ष महेश मोक्तानले जातीय संस्थाहरुले गरेको कुनै कार्यक्रममा राजदुतावास बाट उपस्थिति नहुंदाको पिडा पोख्दै गणतान्त्रिक संबिधानले कुनै जातीय भाषिक , सांस्कृतिक,धार्मिक र लैङिगक रुपमा कसैलाई विभेद गर्न पाइदैन भनेर लेखाउन सके पनि इमानदारीता पुर्वक कार्यान्वयन गर्न नसक्दा अझै पनि नेपालमा एकल जातीय शासन जीवितै रहेको बताउदै मन्जुश्री संवत् २८५६ सोनम ल्होछार सेलो बिशेष सांझा २०२० कार्यक्रम लाई भव्य र सभ्यरुपमा सफल पार्न हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नु हुने सम्पुर्ण प्रमुख अतिथि,बिशेष अतिथि गण,अतिथी गण,पत्रकार,प्रायोजक दाता,सम्पूर्ण उपस्थित दर्शक महानुभाव,अहोरात्र खटिनु हुने सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु,स्वयंसेवक,अग्रज अभियनकारी क्षेत्रीय समितिका पदाधिकारीहरु,अतिथि कलाकार,स्थानीय सम्पुर्ण कलाकारहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी मनहरु लाई तामाङ समाज युएई हृदय देखि धन्यबाद ज्ञापान गर्दै आगामी दिनहरूमा माया साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए । औपचारिक कार्यक्रम समाप्त पश्चात् सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । आमन्त्रित अतिथि कलाकार वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले बिशेष सांगीतिक प्रस्तुतिका साथ दर्जन भन्दा बढी सेल गीतहरु गाएर दर्शक गणहरुलाई भरपुर मनोरन्जन र मन्त्रमुग्ध बनाउदै नचाएका थिए भने स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरु सन्दीप ग्याबा तामाङ,बिजय तामाङ,हरि मोक्तान,सुरेन तामाङ,ओसिन ब्लोन तामाङ,अञ्जुली लोप्चान तामाङ,राजेश लामा,नवीन तामाङ,सन्जिता तामाङ,आङ गेलु शेर्पा,प्रवेग दोङ तामाङ,नुरास लामा,दिनेश श्रेष्ठ ,सुब्बा बल तामाङ र सरिता तामाङ को बेजोड प्रस्तुति रहेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...