तमु प्ये ल्हु संघ कतारको तेस्रो बार्षिकोत्सब भब्यताका साथ सम्पन्न ।

जनजाती बिशेस

सेप्टेम्बर २४ कृष्ण सारू दोहा :- "प्ये म्हस्याँ छ्या म्यु, छ्या म्हस्याँ म्हे म्यु, म्हे म्हस्याँ म्हे, म्हस्याँ ल्हु म्यु" अर्थात् "शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको अस्तित्व रहन्छ " भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि गएको १९ सेप्टेम्बर २०१४ मा स्थापित तमु प्ये ल्हु संघ कतारले सनैयाको रोताना रेष्टुरेन्टको सभाहलमा गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नव निर्बाचित अध्यक्ष श्री नगेन्द्र प्रसाद पोख्रेल (नवीन)को प्रमुख अतिथित्यमा संघको तेस्रो वार्षिकोत्सब-२०१७ भब्यताका साथ सम्पन्न गरेको छ ।

saru5

प्रमुख अतिथि बाट पानसमा दियो प्रज्वलन गरि उदघाटन गरिएको उक्त कार्यक्रमम प्रथम उपाध्यक्ष शिबराज क्रोम्छे तमु बाट स्वागत मन्तव्य राखेको थियो ।वरिष्ठ पत्रकार तिलविक्रम थेबे लिम्बुले माथि उल्लेखित मुल मन्त्रको खुलेरै प्रशंसा गरेका छन् । उनले भने हामी मानव जाति प्राणि मध्यकै सबै भन्दा चेतनशील हौ । हरेक जाति, समुदायको आ-आफ्नै संस्कार संस्कृति परम्परा रहनसहन भाषा, धर्म, लिपि, छन् ।यसलाई जीवन्त राख्न हरेक नेपाली समुदायले आ-आफ्नो मौलिक पहिचान र सह-अस्तित्वलाई बचाउन जिम्मेवारी हुनु पर्ने बताए ।वास्तवमा लम्जुङ्ग जिल्ला ऐतिहासिकता संग गाँसिएको पौराणिक तत्वले पनि स्पष्ट हुने धारणा राखेका लम्जुङ्ग समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ यसो भन्छन् । तमु÷गुरूङ्ग समुदायहरू थकथलो तथा त्यहाँ भएका उत्पत्तिको भएको तमु गुरूङले गरेको राज्यको नामाङ्गकरण गुरूङ भाषामा (क्होला सोथार) रहेको उल्लेख गरे ।

saru1

तमु गुरूङ्ग समाजका अध्यक्ष रस गुरूङ्गका अनुसार विभिन्न कालखण्डमा आफ्नो थाकथलो लम्जुङ्ग बाट विस्थापित भई तमु÷गुरूङ्ग समुदायहरू भौगोलिक रूपमा फरक-फरक स्थानमा बस्ने भएकोले तमु÷गुरूङ्गको भाषा तथा संस्कारमा र सभ्यतामा सामान्यतया केही मत भिन्नता देखियता पनि हाम्रो लक्ष एउटै रहेको उल्लेख गर्दै अनर्थ नलिन सबैला आग्रह गरेका छन् ।

saru3

नेपाल आदिवासी जनजाति महासंघका महासचिव शिव भुजेलले अब आदिवासीजनजाति समुदायले भाषा, धर्म संस्कार, संस्कृतिको संरक्षण-संवर्द्धन प्रवर्द्धन संगै शिक्षा र राजनैतिक चेतनाको विकासलाई तिब्रगतिमा लैजानु पर्ने बताए । वैचारिक संस्थाहरू नेपाली संघिय समाजवादीका हिराधन राई, आबुअली, नरेन्द्र लिम्बु, चानक पोख्रेल, लगायत अन्य वक्ताहरूले हामीलाई प्ये ल्हु संघले विभिन्न संघ, संस्था वीचको, भातृत्व एकता समाजिक सद्भावमा प्रगाढ हुने प्राप्त यो कदर पत्रले एकताको गाँठो अझ मजबुत श्रहानिय कार्य प्रति खुलेरै प्रशंसा गर्दै अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

saru

सोही समारोहमा गैर आवासीय नेपाली संघ एनसीसी कतारको २०१७÷२०१९ कार्यकालको निर्वाचित महासचिव पदमा बुधवल गुरुङ्ग, निर्बिरोध चयन हुनु भएको कोषाध्यक्ष उत्तम गुरूङ्ग, ४ नं क्षेत्रको प्रतिनिधित्व पाएका आस ब. गुरूङ्ग, र महिला संयोजकमा सरिता तमुस्यो, त्यसै गरि एनसीसी कतारको अध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल (नवीन) लाई तमु-गुरूङ्ग समुदायको संस्कार अनुसार पवित्र क्रेगी लगाएर सम्मान गर्दै हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सहित सफल कार्यकालको शुभकामना दिँदै संघका संरक्षक युद्धजंग तमु, सभापति का.बा. अध्यक्ष सान पह्च्यु तमुको सहयोगमा संघले कदर पत्र प्रदान गरेको हो ।संघलाई आर्थिक, भौतिक, नैतिक, वैचारिक तथा सामाजिक कार्यमा समन्वयको भुमिका निर्वाह गरी सहकार्य गर्ने विभिन्न मातृ संस्था, विभिन्न जातीय, क्षेत्रीय, मातृ संस्थाहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

saru6

यसैगरी संघलाई विभिन्न कोणबाट सहयोग पुर्‍याउने संघक सकृय सदस्यहरुमा सारा लम तमुल्स्यो, हस्त ल्हेगे तमु र पुर्ण गुरूङ्गलाई क्रमशः कदर फेटा (क्रेगी)र दोसल्लाले सम्मानित भएकी हुन् । विभिन्न कलाकार, खेलाडी, समाजसेवी व्याक्तित्वहरूलाई तेस्रो वार्षिकोत्सबको अवसरमा संघका संरक्षक युद्ध जंग तमु, संघका काबा अध्यक्ष सान पह्च्यु तमु बाट र प्रमुख अतिथिको सह्योगमा कदर पत्र प्रदान गरेका थिए । विषेश अतिथिमा जेष्ठ नागरिक खिम ब. प्लेम्हे तमु, नेपाल आदिवासी जनजातिका महासंघका महासचिव शिव भुजेल, समाजसेवी तथा बुद्धिजीवी सियाराम चौधरी, बिल गुरूङ्ग, तमु गुरूङ समाजका रस गुरूङ किराँत याक्थुङ्ग चुम्लुङ्गका महासचिव सागर थुम्वाहाम्फे लिम्बू, मगर संघका रेशम रोका मगर, किराँत राई, यायोक्खाका एकराज राई, लगायत विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू रहेका थिए ।

उक्त कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्दहरूको बाक्लो उपस्थि जनाएको तेस्रो वार्षिकोत्सब कार्यक्रमको केसु ल्हेगे तमुको संयोजकत्वमा विभिन्न ६ वटा समिति तथा उपस्थितिको सहकार्यमा तेस्रो वार्षिकोत्सब सफल भएको हो ।

संघका सचिव चन्द्र ल्हेगे तमुको संचालनमा सम्पन्न कार्यक्रमको काबा अध्यक्ष सान पह्च्यु तमुले सभापतित्व गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...