देश बिदेशमा २५ औ बिस्व आदिबासी दिवस आन्दोलन कै रुपमा मनाए ,इजरायलमा अगस्ट १६ मा भब्य रुपले मनाउने ।

जनजाती बिशेस    विदेश

देश बिदेशमा २५ औ बिस्व आदिबासी दिवस आन्दोलन कै रुपमा मनाए ,इजरायलमा अगस्ट १६ मा भब्य रुपले मनाउने ।
अगस्ट १० तेलअविव – विश्वभर मनाईने विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमहरू गरि देशभर दुखको कुरा हर्षोल्लास र उत्सवपूर्ण रूपमा मनाउनु पर्ने यो दिवस नेपाल सरकारको नश्लिय एकात्मकवादी चिन्तन र व्यावहार, विभेदकारी नीति, विविधतालाई संवोधन गर्न नचाहाने प्रतिगामी एकल जातिवादीहरूको कारण यस दिवसलाई बाध्यतावश सडक आन्दोलनको रूपमा भव्यताको साथ मनाएको छ । काठमाण्डौं लगायत देशका बिदेशका विभिन्न शहरहरुमा,पनि झाँकी र र्याली सहित २५औ विश्व आदिवासी दिवस भब्य रुपले मनाएको खबर प्राप्त भएको छ ।यसै क्रममा ”विश्वका आदिवासी जनजातिहरु एक हौ,आफ्नो भाषा,भेषभुषा,लिपि,कला,तथा,धर्म,संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ''भन्ने मूल नाराका साथ इजरायलमा आगामी अगस्ट १६ शुक्रबारको दिन तेल अभीवमा भब्य रुपले मनाउने भएको छ यसको तयारी पुरा भएको छ ।अगस्ट ९ का दिन बिस्व आदिबासी दिवस मनाउनु पर्ने भए पनि इजरायलको कामलाई मध्य नजर गर्दै आगामी १६ अगस्ट २०१९ शुक्रबार का दिन तेल अभीवमा मनाउने भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एबं विदेश शाखा प्रमुख गोबिन्द छन्त्याल आउनु हुने भएको छ । कार्यक्रममा आफ्नो राष्ट्रिय भेष-भुषामा झाकी सहित उपस्थित हुने कार्यक्रममा विभिन्न मौलीकता झल्काउने मनोरन्जनात्मक संस्कृतिक कार्यक्रम सहित भब्यताको साथ् मनाउने भएको र त्यस्तै कार्यक्रममा भाग्यशाली चिठ्ठा कार्यक्रम पनि रहेको कार्यक्रम संयोजक तथा बरीष्ठ उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले बताउनु भएको छ ।उक्त कार्यक्रममा उपस्थित भै भव्यताका साथ सफल बनाई दिनु हुन सम्पूर्ण इजरायलमा कार्यरत नेपालीहरु संघ संस्था,संगठन, मिडियाकर्मी लगायत सम्पूर्ण नेपाली आदीबासी समुदायहरुमा नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलद्वारा हार्दिक निमन्त्रणा गरेको छ ।

'' २५औ विश्व आदिवासी दिवस '' मिती :-१६ अगस्ट २०१९ समय :-७:३० साँझ स्थान :-लेबंदा ३२ को तेस्रो तला तेल अभिव आयोजक :-नेपाल आदिवासि जनजाति महासंघ इजरायल

चिठ्ठाका उपहारहरु :- प्रथम पुरस्कार :- एक तोला सुन, द्वितीय पुरस्कार :- IPAD 9.7inch, तेस्रो पुरस्कार :- SAMSUNG MOBILE A30, चौथो पुरस्कार :- POWER BANK 16000mAh र पाचौ पुरस्कार :-POWER BANK 16000mAh ( चिठ्ठा शुल्क मात्र ३० शेकेल )


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...