”माघे सक्रान्ति २०१९” इजरायलमा जनवरी १८ मा मनाउने तयारी |

जनजाती बिशेस    विदेश

”माघे सक्रान्ति २०१९” इजरायलमा जनवरी १८ मा मनाउने तयारी |
पुस ६ तेल अभिव :- नेपाल मगर संघ इजरायलको आयोजनामा बिगतको बर्षहरुमा झै यस वर्ष पनि आफ्नो मौलिक चाड'' माघे सक्रान्ति २०१९ पर्व भब्य रुपले मनाउने भएको छ | १८ जनवरी २०१९ शुक्रबारको दिन तेल अभिव स्थित कपयिम १० मा भब्य रुपले सम्पन्न गर्न मगर समाज इजरायलका प्रथम उपाध्यक्ष जय पुन मगरको संयोजकत्वमा समिति गठन गरिएको छ | नेपाल मगर संघका प्रथम उपाध्यक्ष तथा ''माघे सक्रान्ति २०१९ ''का कार्यक्रम संयोजक जय पुन मगरका अनुसार यस बर्षको कार्यक्रम पूर्ण रुपमा मगर समुदायको पहिचान झल्किने र बिशेस रुपको हुनेछ | उक्त कार्यक्रममा नेपाली खाना ,मगर समुदायकोमिठो खानाका परिकारहरुको साथमा, मगर सस्कृतिमा आधारित मनोरन्जनका कार्यक्रमहरुको, पहिचान झल्किने नृत्य ,गित संगीतका प्रस्तुतिहरु रहनेछन । इजरायलका विभिन्न ठाँउमा कार्यरत मगर तथा गैरमगर दाजुभाइ दिदीबहिनीहरु, सामाजिक, धार्मिक ,जातीय संघसस्था, बुद्धिजीवी बर्ग अन्लाईन पत्रकार /मिडियाकर्मीहरु सबैमा गरिमामय उपस्थितिको लागि मगर संघ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।

माघे सक्रान्ति २०१९ आयोजक :-नेपाल मगर संघ इजरायल मिति :-१८ जनवरी २०१९ स्थान :-कपयिम १० तेल अभिव समय ;-७ बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...