किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलको छैटौ बार्षिक उत्सव तथा साधारण सभा तेल अभिवमा हुने ।

जनजाती बिशेस    विदेश

किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलको छैटौ बार्षिक उत्सव तथा साधारण सभा तेल अभिवमा हुने ।
मार्च २५ तेल अविव:- बिदेशी भूमिमा रहेर पनि आफ्नो समुदायको मौलिक भाषा ,धर्म ,संस्कार ,सस्कृति र भेष भुषाको संरक्षण सम्बर्दन तथा प्रचार प्रसार गर्नको लागी २०१३ मा स्थापित किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलले आफ्नो स्थापनाको छैटौ वार्षिक उत्सव तथा अधिबेशन(साधारण सभा) मनाउने तयारी गरेको छ ।किरात याक्थुङ चुम्लुङ इजरायलले स्थापना काल देखी नै आफ्नो मौलिक भाषा ,धर्म ,संस्कार ,सस्कृति र भेष भुषाको संरक्षण सम्बर्दन तथा प्रचार प्रसार लगायत विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेको छ । अप्रिल १३ तारिख शनिबार ९ बजे बिहान (तखाना मर्कजी ) केन्द्रिय बस पार्कको एवेरेस्ट डिस्को हलमा मनाउने भनिएको सो कार्यक्रममा प्रसिद्द गायक कुशल लिम्बुको बिशेस प्रस्तुति संगै स्थानीय कलाकारहरुको पहिचान झल्किने विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने किरात याक्थुङ चुम्लुङ इजरायल महासचिव कुमार आङ्ग दाम्वे''अवी ''ले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा इजरायलबासी सम्पुर्ण नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनी,बुद्दिजीवी,समाजसेवी, मिडियाकर्मी साथै सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।

वार्षिक उत्सव तथा अधिबेशन कार्यक्रम किरात याक्थुङ चुम्लुङ इजरायल मिती :- अप्रिल १३ शनिबार । समय:- ठिक ९:०० बजे बिहान । स्थान:- एभरेष्ट डिस्को हल, तेल अविव ।

,

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...