ट्याक्टर दुर्घटना हुँदा अछाममा ३ बिद्यार्थीको मृत्यु ।

अन्य

ट्याक्टर दुर्घटना हुँदा अछाममा ३ बिद्यार्थीको मृत्यु ।
जुन २६ अछामः - ट्रयाक्टर दुर्घटना हुँदा अछाममा ३ विद्यार्थीको ज्यान गएको छ । अछामको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको र ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।    

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...