दुवईमा २४ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी |

जनजाती बिशेस    विदेश

दुवईमा २४ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी |
जुलाई २२ मनु तमु दुवाई:-''पहिचान ,प्रतिनिधित्व ,स्वायत्तताका लागी आदिबासी जनजातीको अडान, पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान ''भन्ने मूल नारा सहित नेपाल आदिबासी जनजाती महासंघ युएईले २४ औ बिस्व आदिबासी दिवस(24th internatonal Day of the World,s indigenous Peoples 2018) भब्य रुपले मनाउने भएको छ |सो कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने विविध सास्कृतिक कार्यक्रमहरु ,जातिय भेषभुषा,झाँकी प्रस्तुत ,जातीय पहिचान झल्काउने सामाग्रीहरुको प्रदर्शन गरिने छ भने विभिन्न खानाका परिकारहरु छुट्टा छुट्टै स्टलहरुमा उपलब्ध गराउने तयारी गरिरहेको कार्यक्रम संयोजक सुरेन्द्र थिङ्ग तामांगले जानकारी दिनुभएको छ | यस कार्यक्रममा उपस्थित भैई कार्यक्रम सफल बनाई दिनको लागि यु ए ई बासी नेपाली दाज्यु भाई दिदि बैनीहरुमा नेपाल आदिबासी जनजाती महासंघ युएईले हार्दिक अनुरोध गरेको छ |

मिती:-१० अगस्ट २०१८ समय :-१ बजे (दिनको ) स्थान :-कालंटन टावर होटेल देरा दुवई (देरा टावरको ठिक पछाडी )


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...